१७ असार २०८३, बुधबार

घुससहित विद्युत सव-स्टेसन पाटन प्रमुख अख्तियारको नियन्त्रणमा

घुससहित विद्युत सव-स्टेसन पाटन प्रमुख अख्तियारको नियन्त्रणमा

नेपाल बिद्युत प्राधिकरणको ग्रिड महाशाखा सव-स्टेसन पाटनमा कार्यरत सव-स्टेसन प्रमुख (सुपरभाइजर, पाँचौ तह) सोम प्रसाद पहाडी  एक लाख ४० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।

पहाडीले प्राधिकरणले गाडेको बिजुलीको पोल सार्नको लागी सेवाग्राहीसँग १ लाख ४० हजार  रुपैयाँ घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

घुस रकमसहित पक्राउ परेका पहाडीबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्