×

NMB BANK
NIC ASIA

कोरोनाका बेला भएको चार्टर्ड उडानको छानबिन गर्न मन्त्री आलेले बनाए ‘निर्णायक’ छानबिन समिति

पुस २९, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले कोरोना महामारीको समयमा भएको चार्टर्ड उडानको अनियमितताका सम्बन्धमा छानबिन समिति गठन गरेका छन् ।

Muktinath Bank

पर्यटनमन्त्री स्तरीय निर्णयबाट मन्त्रालयले छानबिन समिति गठन गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समितिको संयोजकमा पर्यटन मन्त्रालयकै सहसचिव होमप्रसाद लुँइटेल छन् । सदस्यमा पर्यटन मन्त्रालयकै उपसचिव टेकनारायण पौडेल र नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुर छन् । 


Advertisment
Nabil box
Kumari

समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउने गरी समयसीमा दिएको पर्यटनमन्त्री प्रेम आलेले लोकान्तरलाई बताए । मन्त्री आलेका अनुसार यो निर्णायक समिति हो, यसले दोषीमाथि कारबाही गर्नेछ ।

Vianet communication
Laxmi Bank

कोरोनाको पहिलो र दोस्रो संक्रमण लहरमा विदेशमा फसेका नेपालीलाई स्वदेश ल्याउनका लागि सरकारले उद्धार उडान गर्न नेपाल वायुसेवा र हिमालयन एयरलाइन्सलाई अनुमति दिएको थियो ।

महामारीमा भएको यस्तो उडानमा निगमले ६५ अनुमति पाउँदा हिमालय एयरलाइन्सलाई झण्डै ४ गुणा बढी अर्थात् २३९ चार्टर्ड फ्लाइट गर्न दिइएको थियो ।

निगमलाई घाटा पार्ने र निजी क्षेत्रका वायुसेवालाई पोस्ने गरी दिइएको यस्तो उडानको विषयमा छानबिन गरेर सत्यतथ्य बुझ्ने र दोषी भेटिए कारवाही पनि गर्ने गरी छानबिन समिति गठन भएको मन्त्री आलेले बताए ।

उनका अनुसार यसअघि बनेको यही प्रकृतिको छानबिन प्रतिवेदनलाई आधार बनाउने र छानबिनबाट जे आउँछ त्यसलाई कार्यान्वयन गर्ने गरी समिति बनेको हो । ‘१० दिनभित्रै आउने प्रतिवेदन थन्काउन होइन, कार्यान्वयन गर्नलाई बनाइएको हो,’ मन्त्री आलेले भने ।

यसअघि असार ७ गते उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक राजन पोखरेलको संयोजकत्वमा उद्धार उडानमा भएको अनियमितिताको विषयमा छानबिन समिति गठन भएको थियो । समितिले भदौ १६ गते पर्यटन सचिवलाई बुझाएको प्रतिवेदनमा निजी वायुसेवाले तोकेभन्दा बढी भाडा लिएको निष्कर्ष सहितको प्रतिवेदन तयार भएको थियो । प्रतिवेदन सरकारले कार्यान्वयन गरेन । 

उनले अघिल्लो सरकारले महामारीका सामान ओम्नीमार्फत ल्याउँदा निगमले १ करोड ९४ लाख रुपैयाँ नपाएको पनि बताए । यो विषयमा पनि आफूले थप बुझ्ने प्रयास गरिरहेको र निगमले पाउनुपर्ने रकम दिलाउन प्रयास भइरहेको आलेले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x