०५ साउन २०८३, मंगलबार

एमाले उदयपुर : एक घर एक सदस्य अभियान

एमाले उदयपुर :  एक घर एक सदस्य अभियान

नेकपा (एमाले) को आठौँ जिल्ला अधिवेशनबाट गठित नयाँ जिल्ला कार्यसमितिले जिल्लाका नेता तथा कार्यकर्ताका लागि विभिन्न समस्यामा आर्थिक सहयोगको आवश्यकता पर्दा उपलब्ध गराउन रु एक करोडको संरक्षण कोष स्थापना गर्ने भएको छ ।

नवनिर्वाचित अध्यक्ष परमेश्‍वर घिमिरेले पार्टी कार्यकर्तालाई भइपरि आउने आर्थिक सङ्कट धान्न र पार्टीले सहयोग गर्नका लागि उक्त कोष स्थापना गरिने बताए । कोषका लागि जिल्लाका प्रत्येक सदस्य र अन्य दाताबाट समेत सङ्कलन गरिने जनाइएको छ ।

माघ मसान्तभित्र नै यो अभियान सञ्चालन गरिने अध्यक्ष घिमिरेले बताए । पार्टीलाई सुदृढ बनाउन पनि सो अभियान सुरु गर्न लागेको एमालेले जनाएको छ । विसं २०७९ भित्र जिल्लामा पार्टीको साधारण सदस्यको सङ्ख्या ३० हजार पु्-याइने र जिल्लामा एक घर एक सदस्य अभियान अगाडि बढाइएको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्