
माछापुच्छ्रे बैंक लि. का ग्राहकले ग्राहकले एमआई साओमी र पोको ब्रान्डको मोबाइल तथा अन्य इलेक्ट्रोनिक सामानहरु ० प्रतिशतमा पाउने भएका छन् ।
यसका लागि बैंक र वस्तल इम्पेक्स प्रालिबीच बैंकको इन्स्टापे सुविधा मार्फत मोवाइल तथा अन्य इलेक्ट्रोनिक सामानहरु खरिद गर्दा विशेष सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ
सम्झौतापत्रमा कम्पनीको तर्फबाट निर्देशक नितेश कुमार मुन्द्र तथा बैेंकको तर्फबाट नायब प्रमुख डिजिटल बैंकिङ विनय रेग्मीले हस्ताक्षर गरेका थिए ।
सम्झौता पछि बैंकका ग्राहकहरुले ६ देखि ९ महिनासम्मका लागि शून्य प्रतिशत ईएमआइमा इन्स्टापे मार्फत १५ हजार देखि एमआई साओमी र पोको ब्रान्डको मोबाइल तथा अन्य इलेक्ट्रोनिक सामानहरु खरिद गर्न सक्नेछन् ।
बैंकका ग्राहकहरूले उक्त सुविधा बैंकको क्रेडिट कार्ड तथा इन्स्टापेबाट पाउन सक्नेछन् । हाललाई यो सुविधा वस्तल इम्पेक्स प्रालिको काठमाडाैं स्थित शोरुममार्फत प्रदान गरिने बैंकले जनाएको छ ।