साउन २५, २०७९
पछिल्लो २४ घण्टामा थप ८६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार ६ हजार ७०५ जनामा गरिएको परीक्षणमध्ये ६६८ जनामा कोरोना भाइरसको ...
काठमाडाैं | पुस ३०, २०७८
प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले मेलम्ची खानेपानी आयोजनाले अस्थायीरूपमा मेलम्चीको पानी काठमाडौं उपत्यकामा पथान्तरण गर्ने गरी बनाएको कार्ययोजना यथाशीघ्र स्वीकृत गरी कार्यान्वयनमा लैजान सरकारलाई निर्देशन दिएको छ ।
समितिको शुक्रवार बसेको बैठकले युटिलिटी करिडोरसम्बन्धी विधेयक संसद्मा पेश गर्न पनि निर्देशन दिएको छ ।
काठमाडौं उपत्यका लगायतका विभिन्न स्थानमा खानेपानी सेवा विस्तारका लागि भइरहेका काममा अरु निकायबाट आवश्यक समन्वय नभएको र खानेपानीका संरचनामा क्षति पुर्याएको भन्दै समितिले क्षतिको मूल्यांकन गरी क्षतिपूर्ति उपलब्ध गराउन व्यवस्था मिलाउन पनि भनेको छ ।
मेलम्ची खानेपानी आयोजनामा क्षति पुगेको अवस्थामा वैकल्पिक रूपमा प्रस्ताव गरिएको सिस्नेरी खानेपानी आयोजनालाई यथाशीघ्र कार्यान्वयनमा ल्याउन पनि निर्देशन गरिएको छ ।
समितिले निर्माणाधीन कतिपय खानेपानी आयोजनामा २० प्रतिशत जनश्रमदान गर्नुपर्ने व्यवस्थाका कारण आयोजना अलपत्र परेको भन्दै कार्यान्वयन हुन सक्ने वैकल्पिक नीतिगत व्यवस्था मिलाई आयोजना सम्पन्न गर्न खानेपानी मन्त्रालयलाई निर्देशन दिएको छ ।
मेलम्ची खानेपानी आयोजनामा देखिएका समस्या र यसको दीर्घकालीन समाधानका विषयमा समितिका सदस्य, सचिवालयका कर्मचारी, खानेपानी मन्त्रालय र विज्ञसहित अन्तरक्रिया गर्ने निर्णय गरिएको छ ।
खानेपानीमन्त्री उमाकान्त चौधरीले आगामी चैतभित्रमा काठमाडौं उपत्यकामा पुनः पानी ल्याउने गरी तयारी अघि बढाइएको बताए । अहिले निर्माणको काम गरिरहेको कम्पनीको अवधि सकिएको र उसको अवधि थपेर जाँदा नै काम गर्न सजिलो हुने उनको भनाइ छ ।
खानेपानी आयोजनामा जनश्रमदान गर्ने व्यवस्था रहँदा काम अघि बढाउन समस्या भएको उनले औंल्याए । उनले भने, ‘स्थानीयवासी श्रमदान गर्न चाहँदैनन् र स्थानीय तहले पनि श्रमदान बापतको सहयोग गर्न चाहेको छैन ।’
समितिका सभापति कल्याणीकुमारी खड्काले काठमाडौं उपत्यकाको खानेपानीको समस्या समाधान गर्न मेलम्चीको विकल्पको खोजी गर्नुपर्नेमा जोड दिइन् । समितिका सदस्य रंगमती शाही, यज्ञराज सुनुवार, गजेन्द्रबहादुर महत, बिना श्रेष्ठ, दुर्गा पौडेल, बहादुरसिंह लामा लगायतले शहरी क्षेत्रका नागरिकले नै गुणस्तरीय खानेपानी नपाएको र ग्रामीण क्षेत्रमा यो झन् ठूलो समस्याका रूपमा रहेको बताएका छन् ।
पछिल्लो २४ घण्टामा थप ८६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार ६ हजार ७०५ जनामा गरिएको परीक्षणमध्ये ६६८ जनामा कोरोना भाइरसको ...
सानिमा बैंकले विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)बाट २ करोड अमेरिकी डलर विदेशी ऋण प्राप्त गरेको छ । तरलता अभावलाई मध्यनजर गरी गत आर्थिक वर्षमा नै सानिमा बैंकले आइएफसीसंग सम्झौ...
प्रहरीले बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी भक्तपुरको चाँगुनारायण नगरपालिका–३ झौखेल बस्ने ४४ वर्षीय शिवराज थापालाई पक्राउ गरेको छ । भक्तपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु पाण्डेका अनुसार बैंकि...
प्रहरीले बारामा १७ वटा अवैध मदिराका भट्टीहरू नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजेश थापाले आपराधिक गतिविधि न्यूनीकरण गर्न, घरेलु हिंसा, दुर्घटना नियन्त्रण लगा...
वन तथा वातावरणमन्त्री प्रदीप यादवले वन माफियालाई तह लगाउनका लागि आफू जस्तोसुकै कदम चाल्न पनि पछि नहट्ने बताएका छन् । सामुदायिक वन दिवस, २०७९ का अवसरमा बुधवार आयोजित राष्ट्रिय पुरस्कार वितरण कार्यक्रमल...
देशभर थप ८६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता समीरकुमार अधिकारले बुधवार दिएको जानकारीअनुसार ६ हजार ७०५ जनामा कोरोना परीक्षण गर्दा ८६८ जनामा संक्रमण पुष्टि...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...
राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...