×
Bajaj Top
Khukuri
FONEPAY

शिक्षा मन्त्रालयको बैठकमा मेडिकल एशोसिएसनको असहमति

काठमाडाैं | पुस ३०, २०७८

NTC
TVS INSIDE

चिकित्सा शिक्षाका विषयमा उत्पन्न समस्या समाधानका लागि शुक्रबार शिक्षा मन्त्रालयमा बोलाइएको सरोकारवालाहरुको बैठकमा निजी अस्पतालहरुको छाता संगठन एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले असहमति जनाएको छ ।

Sanima Bank
morang Auto yamaha

 बैठकमा सहभागि मेडिकल एशोसिएसनका महासचिव एवं काठमाडौं मेडिकल कलेजका अध्यक्ष डा.सुनिल शर्माले बैठकका निर्णयप्रति असहमति जनाउँदै ‘नोट अफ डिसेन्ट’ लेखेका हुन् । ‘निर्णय कार्यान्वयन गर्ने सन्दर्भमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को दफा १८ को उपदफा (१) को खण्ड (क) ले व्यवस्था गरे अनुसार शुल्क निर्धारण बैज्ञानिक ढंगले नगरिएको हुँदा ऐनको मर्म र भावना अनरुप शुल्क निर्धारण हुनुपर्छ,’ एशोसिएसनका महासचिव डा.शर्माले दर्ज गरेको फरक मतमा लेखिएको छ, ‘यस शैक्षिक सत्रमा करिब बत्तीस हजार (करिब ८५ प्रतिशत) परीक्षार्थीहरु अनुत्तिर्ण भइ विभिन्न कार्यक्रममा विभिन्न शिक्षण संस्थाहरुमा करिब चार हजार सिट रिक्त रहेको अवस्थालाई सम्बोधन गर्न तत्काल पुनः परीक्षा वा अन्य कुनै व्यवस्था गरी रिक्त रहेका सबै सिटहरु परिपूरण गर्न चिकित्सा शिक्षा आयोगले तत्काल पहल गर्नुपर्छ ।’


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

       एमबीबीएस शुल्कका विषयमा विवाद बढ्दै गएपछि मन्त्रालयले समस्या समाधानका लागि राष्ट्रिय चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय तथा मेडिकल कलेजहरु, अभिभावक र विद्यार्थीहरुसहितको बैठक बोलाएको थियो । बैठकले यस शैक्षिक सत्रका लागि चिकित्सा शिक्षा आयोगबाट निर्धारित शुल्क भन्दा बढी शुल्क शिक्षण संस्थाहरुले नलिने, छात्रावास  सम्बन्धि समस्यालाई सम्बन्धित शिक्षण संस्था तथा अभिभावक एवम् विद्यार्थीहरुबीच आपसी छलफल गरी सहमतिमा निरुपण गर्ने निर्णय गरेको शिक्षा मन्त्रालयका महासचिव डा.हरिप्रसाद लम्सालले प्रेस विज्ञप्ति जारी गरेर जनाएका छन् ।

       विज्ञप्तिमा आगामी शैक्षिक सत्रदेखि लागु हुँनेगरी शुल्क निर्धारण गर्ने क्रममा कुल शुल्क अन्तर्गत विश्वविद्यालय, विषयगत काउन्सिल र शिक्षण संस्थालाई बुझाउँनुपर्ने शीर्षकगत रकमसमेत निर्धारण गर्ने कार्य चिकित्सा शिक्षा आयोगले प्रारम्भ गर्ने, राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ कार्यान्वयनका सन्दर्भमा देखिएका असहजता निरुपणका लागि छलफल एवं परामर्श गरी ऐन संशोधन गर्न सरकारलाई राय परामर्श दिने र चिकित्सा शिक्षाका शैक्षिक कार्यक्रमहरुमा सिट रिक्त रहनेसमेतका बिषयलाई मध्यनजर गरी एकीकृत प्रवेश परीक्षा प्रणालीमा आयोगले संशोधन प्रकृया अघि बढाउँने पनि निर्णय भएको उल्लेख छ ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

       तर, सोही बैठकका निर्णयमा असहमति जनाउँदै मेडिकल एशोसिएसनका महासचिव शर्माले ‘नोट अफ डिसेन्ट’ लेखेका हुन् । यसअघि एशोसिएसनले विद्यार्थीहरुको शान्तिपूर्ण आन्दोलनका नाममा मेडिकल कलेजहरुमा हिंसात्मक गतिविधि गरिएको भन्दै यस्तो कार्य नरोकिए देशभरका शिक्षण तथा अस्पताल सेवा ठप्प पार्ने चेतावनीसमेत दिएको थियो ।

 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ६, २०७८

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले शैक्षिक उत्कृष्टता र स्मार्ट प्रशासन सञ्चालनमा जोड दिने योजनाका साथ अघि बढिएको बताएका छन्।      मप विश्वविद्यालयका १० आङ्गिक क्याम्पसको स...

माघ ७, २०७८

पूर्वाञ्चल विश्वविद्यालयले सबै परीक्षाहरू स्थगित गरेको छ ।  कोरोना संक्रमणको जोखिम बढेको भन्दै माघ ९ गतेदेखि माघ मसान्तसम्मका सम्पूर्ण परीक्षा स्थगित गरिएको विश्वविद्यालयले जनाएको छ ।  पूर्वप्रकाशित ...

माघ ६, २०७८

त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले सबै परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ । कार्यालयले बिहीवार एक सूचना प्रकाशित गर्दै कोरोनाका कारण परीक्षा स्थगित गरिएको जनाएको छ । परीक्षा स्थगितको...

माघ ६, २०७८

गृहमन्त्री बालकृष्ण खाँणले पूर्वाञ्चल विश्वविद्यालयले लिइरहेको बीए एलएलबी चौथो वर्षको परीक्षालाई निरन्तरता दिने कि कोभिड–१९ संक्रमणको दर उच्च दरमा बढेकाले केही समय रोक्ने भनेर टेलिफोनमा संवाद गरेका छन् । ...

माघ ७, २०७८

शैक्षिक गुणस्तर मापनमा उत्कृष्ट भएपछि बुटवल उपमहानगरले शैक्षिक गुणस्तर सुधारमा नौलो अभ्यास शुरू गरेको छ । बुटवलका सबै विद्यालयको गुणस्तर अभिवृद्धि गराउँदै कमजोर विद्यालयको गुणस्तर वृद्धि गर्न ‘सिंगो बुट...

माघ ६, २०७८

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अध्ययनरत एमबीबीएस विद्यार्थी बढी शुल्क लिने मेडिकल कलेजमाथि कारबाही गर्न गृहमन्त्रालयलाई सिफारिस गरेको बताएका छन् । संयुक्त विद्यार्थी संगठनका नेताहरुलाई मन्त्रालय...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...