
तनहुँमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ । बिहीबार साँझ बन्दीपुर गाउँपालिका–६ मा जीप दुर्घटना भएको थियो ।
मृत्यु हुनेहरुमा२४ वर्षीय रोशन गुरुङ, ४२ वर्षीया सुशीलादेवी न्यौपाने, ५३ वर्षीय हरिबहादुर न्यौपाने, ७६ वर्षीया भीममाया गुरुङ र ४३ वर्षीय सुकबहादुर गुरुङ रहेका छन् । यस्तै ९ महिने बालिका आरुबी थापाको पनि मृत्यु भएको छ । ४ जनाको घटनास्थल र २ जनाको बन्दीपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घुमाउनेबाट धरमपानी आउदै गरेको ग १ ज ६५५५ नम्बर जिप सडकबाट अन्दाजी एक सय मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा अन्य ८ जना घाइते भएका सबैलाई बन्दीपुर अस्पतालमा सामान्य उपचारपश्चात थपको उपचारका लागि चितवन रिफर गरिएको प्रहरीले जनाएको छ ।