×

NMB BANK
NIC ASIA

खबरदारी

कोभिडः ओली सरकारले गरेका १६ काम देउवालाई स्मरण गराउँदै एमालेको २२ बुँदे ध्यानाकर्षण

माघ १, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई कोभिड–१९ नियन्त्रण, रोकथाम तथा उपचार सम्बन्धमा ध्यानाकर्षण गराएको छ ।

Muktinath Bank

एमालेको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले हस्ताक्षर गरेको ध्यानाकर्षणपत्र पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले शनिवार देउवालाई बुझाएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पत्रमा कोभिड नियन्त्रणमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका १६ काम, कोभिड नियन्त्रणमा देउवा सरकारका ११ कमजोरी र गर्नुपर्ने २२ कामलाई बुँदागत रूपमा समावेश गरिएको छ ।


Advertisment
Nabil box
Kumari

ओली सरकारले गरेका कामहरूमा कोभिड रोकथाम, नियन्त्रण र उपचार लगायतका लागि स्टान्डर्ड गाइडलाइन तयार गरी लागू गरिएको, देशमा प्रयोगशालाको उपलब्धता नरहेको अवस्थाबाट रोगको पहिचानको लागि ८२ वटा पीसीआर ल्याबको स्थापना गरी जाँचको दायरा फराकिलो बनाइएको, उपचारको लागि समर्पित हस्पिटलको व्यवस्था मिलाएको, सरकारी तथा निजी क्षेत्रबाट सञ्चालित अस्पताल र मेडिकल कलेजबीच समन्वयात्मक ढंगले काम गरेको, व्यापक रूपमा कन्ट्याक्ट ट्रेसिङको व्यवस्था मिलाएको, सीसीएमसीको गठन गरी राज्यका सम्पूर्ण निकाय र तहका बीचमा एकीकृत र समन्वयात्मक ढंगले काम गरेको, कोभिड–१९ बाट संक्रमितको उपचारका लागि बीमा व्यवस्था गरेको, अस्पतालहरूमा उपचारका लागि आवश्यक भौतिक पूर्वाधार, अक्सिजन, आईसीयू बेड र भेन्टिलेटरजस्ता उपकरणको व्यवस्था र त्यसका लागि पर्याप्त बजेट विनियोजन गरिएको, आवश्यकता अनुसारको बजेटको व्यवस्थापन गरेको, सबै तहका सरकारबीच समन्वय गरी सहकार्य तथा परिचालन गरेको र विशेषगरी स्थानीय तहलाई प्रभावकारी रूपमा परिचालन गरिएको लगायत समावेश छन् ।

Vianet communication
Laxmi Bank

दक्षिण एसियामा भारतपछि पहिलो मुलुकको रूपमा खोपको शुरूआत गरी निरन्तरताको लागि सुनिश्चितताको व्यवस्था मिलाएको समेत ओली सरकारको उपलब्धिका रूपमा उल्लेख गरिएको छ । सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थासँग र मित्रराष्ट्रहरूसँग कूटनीतिक पहलमार्फत औषधि, उपकरण र खोपको आपूर्ति व्यवस्था गरिएको, खोप भण्डारणको व्यवस्था नभएकोले सो सम्बन्धी कार्य प्रारम्भ भएको, जनशक्ति व्यवस्थापन, उत्पादन तथा प्रेरणा जागृत गर्नुका साथै प्रोत्साहन भत्ताको व्यवस्था गरिएको, प्रधानमन्त्रीको नेतृत्वमा केन्द्रीय कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र, जिल्लास्तरीय समिति र स्थानीय निकायमा एक समिति गठन गरी अधिकार प्रत्यायोजन गरिएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

वर्तमान देउवा सरकारले प्रतिबद्धताअनुसार खोप लगाउन नसकेको, खोप पर्याप्त हुँदाहुँदै पनि जनताले प्रयोग गर्न नपाएको, पहिलो र दोस्रो खोप लगाएकाहरूलाई अबिलम्ब बुस्टर खोप उपलब्ध गराउनुपर्ने काम हुन नसकेको, जनशक्तिलाई प्रेरणा हुने खालका कार्यक्रम सञ्चालन हुन नसकेको, सबै पालिकामा जनस्वास्थ्य निरीक्षकको व्यवस्था नभएको, नेपाल–भारत सिमाना र अन्तर्राष्ट्रिय विमानस्थलमा टेस्टिङ र होल्डिङ सेन्टरको व्यवस्था नभएको, बिमितहरूको रकम उपलब्ध नभएको, टेस्टिङ र ट्रेसिङ कार्य वृद्धि नभएको, औषधि, उपकरण, खोप र जनशक्तिको देशव्यापी उपलब्धताका लागि ठोस पहल नभएको, राजनीतिक दल तथा तिनै तहका सरकारका बीचमा प्रभावकारी समन्वय नभएको, कूटनीतिक पहल अन्यन्तै कमजोर रहेको, अध्ययन र अनुसन्धानमा कुनै पहल नभएको औंल्याइएको छ ।

ध्यानाकर्षण पत्रमार्फत जनस्वास्थ्यको मापदण्डलाई लागू गर्न व्यापक जनचेतना र प्रचार अभियान सञ्चालन गर्ने, खोपकेन्द्रको संख्या वृद्धि गरी सबै उमेर समूहका बालबालिकाहरूलाई तत्काल खोप उपलब्ध गराउने, राज्यका निकाय र कूटनीतिक क्षेत्रको सक्रियता बढाउने र खोपको आपूर्ति तथा प्रयोगको प्रबन्ध मिलाउने र पर्याप्त भण्डार केन्द्र स्थापना गर्ने, तीनै तहका सरकारको समन्वयमा कोभिड–१९ विपद् व्यवस्थापन कार्य सञ्चालन गरी सीमा क्षेत्रमा जाँच र होल्डिङ सेन्टरको तुरुन्त व्यवस्थापन गरी सञ्चालन गर्नुपर्ने, थप स्वास्थ्य जनशक्ति परिचालन गरी उनीहरूलाई प्रोत्साहन प्याकेजको व्यवस्था गर्ने, अग्रभागमा क्रियाशील जनशक्ति तथा स्वयंसेवकका लागि प्रोत्साहन प्याकेजको व्यवस्था गर्ने, स्थानीय तह र स्थानीय स्वास्थ्य इकाईसम्म स्रोतसाधन र जनशक्ति पर्याप्त मात्रामा उपलब्ध गराउने, समर्पित अस्प्तालको व्यवस्था गर्नुपर्ने, सरकारी तथा निजी अस्पताल र मेडिकल कलेजको समन्वयात्मक परिचालन गर्नुपर्ने, पालिकास्तरमा जनस्वास्थ्य निरीक्षकको नेतृत्वमा ट्रेसिङ, टेस्टिङ, उपचार र खोपका लागि घुम्ती टोली परिचालन गर्नुपर्ने, बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा, अपाङ्ग र अशक्तहरूलाई विशेष व्यवस्था गर्नुपर्ने यी समूहका व्यक्तिहरूलाई घरघरमा खोप सेवा सञ्चालन गर्ने लगायत सुझाव दिइएका छन् ।

एमालेले सरकारलाई औषधि, खाद्यान्न लगायत अतिआवश्यक वस्तुको सहज आपूर्ति र भण्डारणको व्यवस्था गर्ने, पर्यटकीय क्षेत्र, शैक्षिक केन्द्र, व्यापार व्यवसायस्थल, धार्मिक, सांस्कृतिक स्थल लगायत मानिसहरूको बढी चहलपहल हुने स्थानमा खोपको उपलब्धता बढाउने र ती स्थानमा पनि खोप केन्द्र सञ्चालनमा ल्याउने, अस्पतालको स्तरवृद्धि गरी थप सेवा सञ्चालन गर्नुपर्ने, सम्पूर्ण संक्रमित बिरामीको लागि निःशुल्क सेवा सञ्चालन गर्नुपर्ने, बुस्टर डोजको व्यवस्था तत्काल मिलाउने, निरोधात्मक स्वास्थ्यका लागि खानपिन तथा व्यायाम र जीवनयापन सम्बन्धी जनचेतना जागृत गर्ने, कोभिडबाट मृत्यु भएकाले आश्रित परिवार (गर्भवती महिला, बालबालिका, वृद्धवृद्धा, अपाङ्ग र अशक्त) लाई पुनःस्थापनाको व्यवस्था गर्ने, स्थानीय तहलाई विशेष जिम्मेवार बनाई साधनस्रोत र जनशक्ति उपलब्ध गराउने, दीर्घरोग, अत्यावश्यक स्वास्थ्य तथा नियमित स्वास्थ्य सेवा सुचारु राख्ने, अर्थतन्त्रमार्फत विभिन्न क्षेत्रमा पर्ने नकारात्मक प्रभावलाई कम गर्न विशेष आर्थिक योजना कार्यान्वयन गर्ने, वैकल्पिक रोजगारीको प्रबन्ध मिलाउने, विदेशमा कार्यरत नेपालीहरूको स्वास्थ्य सुरक्षाका लागि सम्बन्धित मुलुकहरूसँग पहलकदमी लिने सुझाव दिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x