०५ साउन २०८३, मंगलबार

इन्डोनेसियामा शक्तिशाली भूकम्प, ९०० घर क्षतिग्रस्त

इन्डोनेसियामा शक्तिशाली भूकम्प, ९०० घर क्षतिग्रस्त
प्रतिनिधिमूलक तस्वीर।

इन्डोनेसियामा शुक्रवार आएको शक्तिशाली भूकम्पका कारण भौतिक संरचनामा ठूलो क्षति भएको छ । 

सरकारी अधिकारीले शनिवार दिएको जानकारीअनुसार भूकम्पका कारण झण्डै ९०० घर क्षतिग्रस्त भएका छन् । 

भूकम्पले मानवीय क्षति भएको विवरण भने अहिलेसम्म प्राप्त नभएको सरकारी अधिकारीको भनाइ छ । उनीहरूले अहिलेसम्म दुई जना घाइते भएको विवरण मात्रै प्राप्त भएको जनाएका छन् । 

इन्डोनेसियाको राजधानी जाकार्ता र त्यस वरपरलाई केन्द्रमा राखेर ६.६ म्याग्निच्युडको भूकम्प आएको अधिकारीले जनाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्