१० असार २०८३, बुधबार

आपतकालीन अवस्था आए अक्सिजन र 'बेड'को संख्या कति छन् ?

माघ ३, २०७८
आपतकालीन अवस्था आए अक्सिजन र  'बेड'को संख्या कति छन् ?
फाइल तस्वीर

पछिल्लो समय कोरोना संक्रमणको दर उच्च गतिमा बढेसँगै अस्पतालका स्वास्थ्यकर्मीहरू संक्रमित हुने दर पनि दैनिक बढिरहेको छ ।

विशेषगरी काठमाडौं, ललितपुर र भक्तपुर क्षेत्रमा रहेका अस्पतालमा स्वास्थ्यकर्मी संक्रमित हुने दर बढेको पाइएको छ ।

उपत्यकाका तीन जिल्लामा हालसम्म ३ सय ५० भन्दा बढी स्वास्थ्यकर्मी संक्रमण देखिएको छ भने केही आइसोलेसनमा रहेका छन् ।

दोस्रो लहरको दाँजोमा हाल अस्पतालमा बेड संख्या र अक्सिजन पर्याप्त मात्रामा थप गरिएको छ ।

स्वास्थ्य मन्त्रालयले दिएको तथ्यांकअनुसार देशभरमा ८ हजार २ सय २ आइसोलेसन, ३ हजार ८ सय ४६ एचडीयू, २ हजार ७ सय ९७ भेन्टिलेटर, १३ हजार ९ सय ३९ अक्सिजन सिलिन्डर, ६ सय ९३ अक्सिजन कन्सन्ट्रेटर र ४७ वटा अक्सिजन प्लान्ट रहेका छन् । राजधानी दैनिकमा निराजन पौडेलले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्