फागुन १५, २०७४
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
रोग निको हुने अन्धविश्वासका कारण धामी झाँक्रीकहाँ धाउने प्रचलन कायमै छ ।
समाजका शिक्षित व्यक्तिसमेत झारफुक गरी रोग बिसेक हुने विश्वासमा धामी झाँक्रीकहाँ पुग्ने गरेका छन् । झारफुकमै विश्वास गर्दा कतिपयले ज्यानसमेत गुमाउनुपरेको छ ।
टोलमा टाँगिएका ‘झारफुकबाट सबै रोगको उपचार गरिन्छ’ वा ‘टुनामुनाबाट मोहनी लगाउने र फुकाउने काम गरिन्छ’ भन्ने जस्ता प्रचार सामग्रीका पछाडि कुद्नेहरू पनि उत्तिकै हुने गरेका छन् ।
प्रहरी प्रवक्ता (डीआईजी) मुकुन्दराज आचार्यले धामी झाँक्री वा मातासँग उपचार गराउने नाममा गएको साउन यता पाँच जनाले ज्यान गुमाइसकेको बताए ।
प्रहरीका अनुसार बोक्सीको आरोप लगाउने तथा झारफुकको बहानामा कुटपिट गर्ने ३५ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ । केही दिनअघि काठमाडौैँमा पनि यस्तै घटना भएको छ ।
टाउको दुख्ने समस्या भएपछि झारफुक गराउन झाँक्री (माता)सँग गएकी १४ वर्षीया बालिकाको शङ्कास्पद मृत्यु भयो । नागार्जुन नगरपालिका–१, रानीवनमा आफूलाई माता बताउने उमा शाही ठकुरी कहाँ उपचारका लागि लगिएकी १४ वर्षीया बालिका रोशनी श्रेष्ठको मृत्यु भएको थियो ।
टाउको दुःखेको उपचार हुने सुनेर मृतककी आमा राधिका श्रेष्ठले पुस ३ गते छोरी रोशनीलाई झारफुकका लागि भन्दै माता ठकुरीकै घरमै छोडेर आइन् । पुस २४ गते एक्कासि माताले छोरी बेहोस भएको खबर गरेपछि रोशनीलाई स्वयम्भूस्थित मनमोहन अस्पतालमा लगे पनि अस्पताल पु-याउनुभन्दा पहिला नै बालिकाको मृत्यु भइसकेको चिकित्सकले जानकारी दिएका थिए ।
महानगरीय प्रहरी परिसर स्वयम्भूका प्रहरी नायब उपरीक्षक मिलन केसीले आरोपी मातालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको बताए । “पोस्टमार्ट रिपोर्टपछि मात्रै मृत्युको कारण भन्न सकिन्छ,” उनले भने । मानव अधिकारकर्मी भोजराज तिमल्सिनाले धामीझाँक्रीबाट उपचार गराउँदा भयावह परिणाम आउने गरेको बताउँदै सार्वजनिक नभएका डरलाग्दा घटना थुप्रै हुनसक्ने बताए ।
उपचारका नाममा मानव बलि दिएका घटना पनि नेपालमा भएका छन् । प्रहरी प्रवक्ता आचार्यले पाँच वर्षमा २१० वटा बोक्सी आरोपका उजुरी दर्ता भएको बताए । “बोक्सा–बोक्सीबाट सुरु भएर उपचारसम्म पुग्छ, त्यसपछि मृत्युका घटना भइरहेका छन्,” उनले भने ।
“कुटेर, पिटेर, फुकेर उपचार हुने भए त सबैले घरमै गरिहाल्थे नि,” नेपाल झाँक्री सङ्घका अध्यक्ष चेतबहादुर थिङले भने, “आफूसँग भएको शक्तिको प्रयोग गरेर नछोई उपचार गर्न सक्नुपर्छ भन्ने सङ्घको मान्यता छ । उपचारको नाममा कुटेर पिटेर मानिसको ज्यान लिनेलाई हदैसम्मको कारबाही गरिनुपर्छ । ”
जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रवक्ता उमाकान्त अधिकारीले कतिपय दर्ता भएर र कतिपय दर्ताबिना यस्ता काम भइरहेको बताउँदै यस्ता संस्था र तिनले गर्ने गतिविधिको अनुगमन गर्न समस्या भइरहेको स्वीकार्नुभयो । गोरखापत्र दैनिकमा केशवराज पाैडेलले खबर लेखेका छन् ।
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...