०६ असार २०८३, शनिबार

टेलिकमले आजबाट ल्यायो 'विन्टर अफर', के– के छन् विशेषता ?

टेलिकमले आजबाट ल्यायो 'विन्टर अफर', के– के छन् विशेषता ?

नेपाल टेलिकमले आज (माघ ३ गते) देखि लागु हुने गरी विन्टर अफर २०७८ उपलब्ध गराएको छ । 

कम्पनीले पहिले उपलब्ध गराइरहेको अटम अफरलाई ग्राहकहरुको रूची अनुसार परिमार्जन गरी थप आकर्षक बनाएर विन्टर अफर उपलब्ध गराएको हो । 

अफर अन्तर्गत कम्पनीले नै उपलब्ध गराइरहेको सजिलो अनलिमिटेड प्रिपेड डाटा अफरमा थप प्याकेज समेत उपलब्ध गराउने भएको छ ।

पहिले २८ दिनका लागि रु. ५९९ मा लिन सकिने “सजिलो अनलिमिटेड प्रिपेड ५९९” मात्र उपलब्ध भइरहेकोमा अब 'सजिलो अनलिमिटेड प्रिपेड ७९९', 'सजिलो अनलिमिटेड प्रिपेड ९९९' र 'सजिलो अनलिमिटेड प्रिपेड १४९९' प्याक समेत उपलब्ध हुने भएको छ । 

यसमा ग्राहकलाई अनलिमिटेड भ्वाइस कल र निश्चित डाटा (प्रतिदिन क्रमशः १ जीबी, २ जीबी र ४ जीबी) लगायतका सेवाहरु उपलब्ध गराइएको छ ।

डाटा प्याक सकिए पनि अतिरिक्त शुल्क बिना नै इन्टरनेट चलाउन सकिने सुविधा यी प्याकहरूको मुख्य विशेषता हो । 

सस्तो प्रिपेड कम्बो प्याकमा थप सुविधा उपलब्ध गराइने छ । यस अन्तर्गत रु. २९९ मा अब २८ दिन सम्म चलाउन मिल्ने गरी १५० मिनेट अन–नेट भ्वाइस कलका साथै २० वटा एसएमएस पठाउन र २ जीबी डाटा समेत चलाउन सकिने छ । 

यसैगरी, नेपाल टेलिकमको भ्वाइस ओभर एलटीई (भीओएलटीई) सेवा प्रयोगकर्ताहरूका लागि उपलब्ध भइरहेको विभिन्न अफर निरन्तर रहने छ ।

पहिलो पटक यो सेवा एक्टिभ गर्ने ग्राहकले २८ दिनसम्म प्रयोग गर्न सक्नेगरी निःशुल्क १०० मिनेट अन–नेट कलको सुविधा पाउने छन् । साथै फोरजी होम ब्रोडब्यान्ड लिने ग्राहकका लागि मासिक र वार्षिक रुपमा लिन सकिने वेसिक र प्रिमियम प्याकेज उपलब्ध गराइने छ । 

यी बाहेक पहिलेदेखि नै उपलब्ध अधिकांश अफरलाई निरन्तरता दिइएको छ । अफर प्राप्त गर्नका लागि ग्राहकले  *१४१५# डायल गर्नुपर्नेछ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिने टेलिकमले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्