०५ साउन २०८३, मंगलबार

बाइडनप्रति अमेरिकीहरू चरम निराश भएको सर्वेक्षणमा खुलासा

माघ ३, २०७८
बाइडनप्रति अमेरिकीहरू चरम निराश भएको सर्वेक्षणमा खुलासा

सत्ता सम्हालेको एक वर्ष पुग्नै लागेको बेलामा अमेरिकाका राष्ट्रपति जो बाइडनप्रति जनता निराश रहेका छन् । 

ताजा सर्वेक्षणमा अधिकांश अमेरिकीहरूले देशको स्थिति कमजोर रहेको बताए । 

सीबीएसको नयाँ सर्वेक्षणमा सहभागीमध्ये आधाले बाइडनको पहिलो वर्षबाट उनीहरू निराश र आक्रोशित भएको बताए । अन्य ४० प्रतिशतले बाइडनको शासनले आफूहरूलाई अत्याएको बताए । 

जम्मा २५ प्रतिशतले बाइडन ह्वाइट हाउसमा हुँदा आफूहरू शान्त र सन्तुष्ट रहेको बताए । बाइडनको समग्र समर्थन सूचकांक ४४ प्रतिशत छ । 

राष्ट्रपति बनेदेखि नै बाइडनको समर्थन सूचकांक लगातार झरिरहेको छ । कोभिड महामारी र विश्वव्यापी आपूर्ति शृंखला लगायतका संकटलाई उनले व्यवस्थापन गर्न नसक्दा जनता उनीमाथि निराश छन् । 

निर्वाचन सुधार लगायत उनले ल्याएका विधेयकको भविष्य अन्योलमा परेकाले पनि उनी असफलतातर्फ अघि बढेका हुन् । 

बाइडनले अर्थतन्त्र, अफगानिस्तानबाट अमेरिकी सेना फिर्ती, आप्रवासन लगायतका विषयमा गरेको कुप्रबन्धलाई मानिसले मन पराएनन् । 
 

salt training

कमेन्ट गर्नुहोस्