०८ साउन २०८३, शुक्रबार

उत्तर कोरियाले पुनः गर्‍यो २ वटा ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण

माघ ३, २०७८
उत्तर कोरियाले पुनः गर्‍यो २ वटा ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण
तस्वीर स्रोत : Yonhap News

उत्तर कोरियाले सोमवार प्योङयाङमा रहेको एक एयरफील्डबाट दुईवटा छोटो दूरीको ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । 

सन् २०२२ मा मात्र उत्तरको यो चौथो क्षेप्यास्त्र परीक्षण हो । 

स्थानीय समयअनुसार बिहान ८ः५० देखि ८ः५४ सम्म सुनान विमानस्थलबाट क्षेप्यास्त्रहरू प्रहार गरिएको दक्षिण कोरियाको जोइन्ट चीफ्स अफ स्टाफले बतायो । ती क्षेप्यास्त्रहरू ४२ किलोमिटरको उचाइमा ३८० किलोमिटर टाढासम्म गएका थिए । 

तीन दिनअघि मात्र उत्तरले दुईवटा छोटो दूरीका ब्यालिस्टिक क्षेप्यास्त्र पूर्वी सागरमा प्रक्षेपण गरेको थियो । उक्त क्षेप्यास्त्रहरू रेलवेबाट प्रहार गरिएको गाइडेड मिसाइल भएको उत्तरले दाबी गरेको थियो । 

अमेरिकाको हिन्द प्रशान्त कमान्डले ब्यालिस्टिक क्षेप्यास्त्रको प्रक्षेपणका विषयमा जानकारी रहेको बतायो तर त्यसले अमेरिकी सैनिक वा भूभागमा वा अमेरिकी साझेदारलाई जोखि नतेर्स्याएको बतायो । 
 

salt training

कमेन्ट गर्नुहोस्