
सुर्खेत वीरेन्द्रनगर नगरपालिका–२ की ६१ वर्षीया नन्दकली कँडेलको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ ।
सुर्खेत बांगेसिमलदेखि मुख्य बजारमा आउँदै गरेको क.०२००१.प.८९५० नम्बरको मोटरसाइकलले आइतवार रेडियो नेपाल प्रादेशिक कार्यालय सुर्खेत नजिक ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कनकबहादुर शाहीले जानकारी दिए । घाइते अवस्थाकी कँडेलको उपचारको क्रम कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको उनले बताए ।
मोटरसाइकलको ठक्करका कारण मृत्यु भएपछि उचित क्षतिपूर्ति नदिएसम्म शव नबुझ्ने मृतकका भाइ काशीराम सापकोटाले बताए ।
'शव अहिले प्रदेश अस्पतालको शव गृहमा छ,' उनले भने, 'प्रहरी प्रशासनले उचित क्षतिपूर्ति र दोषीलाई कारबाही नगरेसम्म हामी बुझ्दैनौँ ।'
प्रहरी निरीक्षक शाहीले मोटरसाइकल चालक वीरेन्द्रनगर नगरपालिका-२, सुर्खेत दौलतपुरका करीब २५ वर्षीय नवराज सुनारलाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए । उनका अनुसार पीडित पक्षका आफन्तसँग छलफल भइरहेको छ ।