
प्रदेश २ को नाम र स्थायी राजधानी टुंग्याउन भइरहेको मतदानको समाचार संकलनमा अवरोध गरेको भन्दै पत्रकारहरूले विरोध जनाएका छन् ।
समाचार संकलनमा भएको अवरोधविरुद्ध प्रदेश सभा अगाडि ‘क्यामरा डाउन’ गरेका हुन् ।
उनीहरूले समाचार संकलनलाई सहज बनाउनुपर्ने माग गरेका छन् ।
प्रदेश २ मा नाम र स्थायी राजधानीको टुंगो लगाउन दोस्रो पटक मतदान गर्ने तयारी गरिएको छ ।