असार १२, २०७९
इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसुले ‘सुबिसु घरघरमा’ नामक अभियान शुरू गरेको छ । कम्पनीले आफ्नो सेवा तथा प्याकेजको विषयमा जानकारी दिने उद्देश्यका साथ यस्तो ‘क्याम्पेन’ थालेको ह...
भुक्तानी प्रणाली सञ्चालक फोन पे सर्भिस लिमिटेडको नेटवर्क मार्फत पौष मसान्त महिनामा मात्र ५१ अर्ब बढिको कारोबार भएको छ ।
पछिल्लो समय विद्युतीय कारोबार तिब्र रूपमा बढिरहँदा फोन पे नेटवर्कले नयाँ रेकर्ड राख्न सफल भएको हो ।
पुस महिनाभर फोनपे नेटवर्कबाट कुल ४४ लाख कारोबार संख्याबाट ५१ अर्ब रूपैयाँ बढिको कारोबार भएको हो । फोनपेको नेटवर्क प्रयोग गरी प्रयोगकर्ताहरुले क्यूआर कोड भुक्तानी, अन्तर बैंक पैसा ट्रान्स्फर, विभिन्न किसिमका अनलाइन मर्चेन्ट भुक्तानी लगायतका कार्यबाट यो रकम कारोबार भएको हो ।
आधा खर्ब भन्दा माथिको आँकडा पुरा गरेपछि सोमबार फोन पेले डिजिटल नेपाल निर्माणको साझा उद्देश्य पुरा गर्न सहयोगी भूमिका खेल्ने फोनपेका सदस्य बैंक, वित्तीय संस्था र डिजिटल वालेटलाई धन्यवाद दिएको छ ।
फोनपे मार्फत कुनै पनि बैंकमा रकम प्राप्त गर्ने व्यक्तिको मोबाइल नम्बर उल्लेख गरेर रु १० मै सहज रुपमा रकम पठाउन सकिन्छ । साथै मर्चेन्टले निशुल्क क्यूआर प्राप्त गर्न सक्छन् भने ग्राहकले भुक्तानी गर्दा पनि कुनै शुल्क लाग्दैन ।
फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्थाका मोबाइल एप्समा रहेको सेण्ड मनि अप्सनमा गइ फोनपे डाइरेक्ट क्लिक गरि सहजै रकम पठाउन सकिन्छ ।
फोनपे पेमेन्ट सर्भिस लिमिटेड नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो । फोनपे नेटवर्कमा ६० वटा बैक तथा वित्तीय संस्था आवद्ध छन् भने अन्तराष्ट्रिय भुक्तानी पार्टनरमा चाइना युनियन पे र अलि पे आवद्ध छन्
। यस्तै फोनपेमा हालसम्म ५ लाख ७० हजार भन्दा बढि मर्चेन्ट रहेका छन् । । फोनपेमा इसेवा, आइएमइ पे र सेलपे जस्ता भुक्तानी सेवा प्रदायक आवद्ध छन् ।
एक करोड ४० लाखभन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्ता तथा ६० लाख बढि भुक्तानी सेवा प्रदायकका मोबाइल एप्स मार्फत यसले सेवा प्रदान गर्दै आएको छ ।
इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसुले ‘सुबिसु घरघरमा’ नामक अभियान शुरू गरेको छ । कम्पनीले आफ्नो सेवा तथा प्याकेजको विषयमा जानकारी दिने उद्देश्यका साथ यस्तो ‘क्याम्पेन’ थालेको ह...
सामाजिक सञ्जाल ह्वाट्सएपले भारतमा १९ लाखभन्दा बढी अकाउन्टलाई प्रतिबन्ध लगाएको छ । नयाँ रिपोर्टअनुसार, प्रयोगकर्ताको उजुरीपछि १९ लाखभन्दा बढी अकाउन्टलाई प्रतिबन्ध लगाएको हो । मे महिनामा मात्रै ५२...
आइएमई ग्रुपद्वारा संचालित ‘आइएमई डिजिटल सोलुसन लिमिटेड’ द्वारा प्रवर्धित ‘आइएमई पे’ले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा किस्ता आइएमई पे एपबाट तिर्ने सेवाग्राहीहरूका निम्ती रोचक अफर ल्...
नेपाल टेलिकमले इन्टरनेट तथा इन्ट्रानेटको लिज लाइनको महसुल घटाएको छ । कम्पनीले यही असार १ गतेदेखि लागू हुने गरी इन्टरनेट तथा इन्ट्रानेटको लिज लाइनको महसुल दर ३६ प्रतिशतसम्म घटाएको हो । इन्टरनेटको लिज ला...
क्यासिफिक ब्रोडब्याण्ड स्याटलाइटस् समुहले आफ्नो क्यासिफिक १ स्याटलाइटमार्फत नेपालमा का (Ka)ब्याण्ड टर्मिनलको सफल परिक्षण गरेको छ । नेपालमा गरिने स्याटलाइट ब्रोडब्याण्ड सेवाको यो पहिलो परिक्षणले 'का' ...
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको सातौँ संस्करणको अनलाइन नोमिनेसन (आवेदन) खुला गरिएको छ । लिभिङ विथ आइसिटीको आयोजना र विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय...
‘सौ चुहा खाके बिल्ली चला हजको’ (सय मुसा खाएर बिरालो हज गयो ) भन्ने हिन्दी उखानलाई चरितार्थ गर्ने गरी नारायणहिटी दरबारभित्रको बतास काण्ड, पशुपतिनाथ धर्मशाला, वायुसेवा निगमको वाइडबडी, ओम्नी ग्रुप क...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...