असार २३, २०७९
सांसदहरू हाजिर गरेर हिँडेपछि संसदलाई गणपुरक संख्या पुर्याउन धौ-धौ परेको छ। बुधवारको बैठकमा गणपुरक संख्या नपुग्दा प्रस्ताव पारित हुन सकेको थिएन। सो प्रस्ताव बिहीवारको बैठकमा पुनः निर्णयार्थ पेश गरिए...
काठमाडाैं | माघ ३, २०७८
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ माथि दक्षिण कोरियामा कामदार पठाउन चर्को दबाब परेको बताएका छन् ।
ईपीएस प्रणाली पास गरेर पनि कोरिया जान नपाएकाहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठ दक्षिण कोरियामा मौसमी कामदार पठाउन आफूमाथि चर्को दबाब परिरहेको खुलासा गरेका हुन् ।
सोमवार पार्टी निकट युवा संघ, नेपालले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले ईपीएस प्रणाली पास गरेर बसेकाहरूलाई मार पर्छ भनेर आफूले मौसमी कामदारलाई पठाउने त्यो दबाबलाई बेवास्ता गरिरहेको बताए । मन्त्री श्रेष्ठले ईपीएस प्रणाली पास गरेकाहरूलाई आफूले एक हप्ताभित्रै कोरिया पठाउन चाहेको पनि स्पष्ट पारे ।
‘तपाईंहरूको कारणले गर्दा ईपीएसमा पास भएर बसेका भाइबहिनीहरूको कारणले गर्दा सायद मेरो जागिर जाने अवस्थाको पावरको दबाब आउँदा पनि मैले खोलेको छैन । यो कुरामा तपाईंहरू क्लियर हुनुस्,’ उनले भने, ‘मलाई यति दबाब थियो कि सिजनल वर्कर चाँहि छिटो खोल्नु पर्यो । मैले भने- खोल्ने ओके, नखोल्ने भन्या छैन । सँगसँगै यो सिजनल वर्कर जाँदाखेरि यो ईपीएस पास गरेर बसेका भाइबहिनीहरूको सुन्दर सपनामा कुठाराघात हुन्छ कि भनेर रोकेको छु । हिजो मात्रै पनि मलाई फोन आएको थियो । केही मान्छेहरू सेटिङमा गइसकेका छन् । तर श्रम मन्त्रालय र वैदेशिक रोजगार विभागले एक जना पनि पठाएका छैंनौं । यो कुरामा ढुक्क हुनुस् ।’
सांसदहरू हाजिर गरेर हिँडेपछि संसदलाई गणपुरक संख्या पुर्याउन धौ-धौ परेको छ। बुधवारको बैठकमा गणपुरक संख्या नपुग्दा प्रस्ताव पारित हुन सकेको थिएन। सो प्रस्ताव बिहीवारको बैठकमा पुनः निर्णयार्थ पेश गरिए...
नेकपा एमालेका सांसद डा. भीम रावलले सरकारले भित्रभित्रै अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी) सम्झौता गर्ने काम अघि बढाइरहेको आरोप लगाएका छन् । बिहीवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीम...
कर्णाली प्रदेशसभा बैठक स्थगित भएको छ । बैठक बिहीवार दिउँसो १ बजेका लागि तोकिएको थियो । प्रदेश सभामुख राजबहादुर शाहीको अध्यक्षतामा बिहीवार बसेको सर्वदलीय बैठकमा सत्ता साझेदार दलहरूका नेता र प्रमुख प्रति...
प्रतिनिधि सभाको बिहीवारको बैठकमा सांसदहरूले मुलुकभर धमाधम रोपाइँ चलिरहेको अवस्थामा किसानले पर्याप्त मल नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । समयमै मलको आपूर्ति हुन नसक्दा रोपाइँका क्रममा किसानले मल...
नेकपा एमालेका सांसद विशाल भट्टराईले सरकारले नागरिकता विधेयक फिर्ता लिएर नागरिकको सामान्य हक खोसेको आरोप लगाएका छन् । बिहीवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद भट्टराईले सरकारले छलफल...
भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री शशि श्रेष्ठले सहकारी क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक रहेको बताएकी छन् । सहकारी विभागले तयार पारेकोे सहकारीको १० वर्षे सोचपत्र र सहकारी कर्जा सूचना के...
‘सौ चुहा खाके बिल्ली चला हजको’ (सय मुसा खाएर बिरालो हज गयो ) भन्ने हिन्दी उखानलाई चरितार्थ गर्ने गरी नारायणहिटी दरबारभित्रको बतास काण्ड, पशुपतिनाथ धर्मशाला, वायुसेवा निगमको वाइडबडी, ओम्नी ग्रुप क...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...