०१ असार २०८३, सोमबार

यस कारणले गर्दा जयललितालाई समर्थकले मान्थे भगवान्

कात्तिक २०, २०७४
यस कारणले गर्दा जयललितालाई समर्थकले मान्थे भगवान्

काठमाडौं, २१ मंसिर — जिन्दगीका लागि ७५ दिनसम्म संघर्ष गरेपछि ६८ वर्षीया जे जयललिताले सोमवार अन्तिम सास फेरिन् । ६ चोटि तमिलनाडुको मुख्यमन्त्री बनेकी जयललितालाई फोक्सोमा संक्रमण भएको थियो । पछि हृदयघात भएपछि उनको मृत्यु भयो ।

yy_1480973972

तमिलनाडुका जनता उनलाई भगवान् मान्छन् । उनले गरीबहरूका हितका लागि लिएका धेरै फैसलाका कारण मानिसहरू उनलाई अम्मा भनी बोलाउँथे ।

जयललिताले आयभन्दा बढी अधिक सम्पत्तिको मामिलामा जेल जाँदा उनका सयौं समर्थकले आत्महत्या समेत गरेका छन् ।

जयललिताले आफ्नो समर्थकका लागि सस्तोमा सामान किन्ने अम्मा योजना ल्याएकी थिइन् जसले गर्दा उनी देशभरि प्रसिद्ध भइन् । त्यसैकारण उनलाई मानिसहरूले अम्मा भन्न थाले ।

तमिलनाडुका जनताका लागि उनले खाने नूनदेखि लिएर सिनेमाको टिकट समेत सस्तो गराइदिएकी थिइन् ।

गरीबले राज्यबाट पाउने सबै सुविधा पाउनुपर्छ भन्ने उनको मान्यता थियो ।

जयललिताका यही योजनाहरूका कारण तमिलनाडुका जनता उनलाई देवी मानेर पुज्थे ।

दैनिक भास्कर

salt training

कमेन्ट गर्नुहोस्