१५ असार २०८३, सोमबार

नारायणहिटीपछि बतासलाई अर्काे झट्का

माघ ४, २०७८
नारायणहिटीपछि बतासलाई अर्काे झट्का

 सरकारद्वारा गठित छानबिन समितिले पशुपति धर्मशालामा होटल सञ्चालनका लागि बतास अर्गनाइजेसनसँग गरिएको सम्झौता गैरकानुनी भएको भन्दै खारेज गर्न सिफारिस गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नारायणप्रसाद सुवेदीको संयोजकत्वमा गठन गरेको छानबिन समितिले मिलेमतोमा धर्मशालालाई होटल सञ्चालन गर्ने सम्झौता गैरकानुनी रूपमा गरिएको भन्दै तत्काल खारेज गर्न सिफारिस गरेको हो ।

अहिले बतास अर्गनाइजेसनले सो धर्मशाला भाडामा लिएर चर्को शुल्क लिएर होटल सञ्चालन गरिरहेको छ । नारायणहिटी दरबार संग्रहालय प्रकरणपछि बतास अर्गनाइजेसनले भाडामा लिएको पशुपति धर्मशालाको विवाद चर्किएको थियो । राजधानी दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्