०८ साउन २०८३, शुक्रबार

मधेश प्रदेशका मुख्यमन्त्रीको घरमा ढुंगा प्रहार

मधेश प्रदेशका मुख्यमन्त्रीको घरमा ढुंगा प्रहार

मधेश प्रदेशको राजधानी जनकपुर तोकिएपछि वीरगञ्जमा आन्दोलन शुरू भएको छ । 

आन्दोलनकारीले मुख्यमन्त्री लालबाबु राउतको घरमा ढुंगा प्रहार गरेका छन् । प्रदर्शनकारीले प्रहार गरेको ढुंगा लागेर घरको सिसा फुटेको प्रहरीले जनाएको छ । 

वीरगञ्जलाई राजधानी नतोकिएको भन्दै विरोधस्वरुप मंगलवार मोटरसाइकल र्‍याली आयोजना गरिएको थियो । त्यही क्रममा एक युवकले ढुंगा प्रहार गरेको र उनलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ । 

यसअघि मुख्यमन्त्रीको पुत्ला पनि जलाइएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्