
सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ४८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट १ हजार ५३६ जनाको नमूना परीक्षण गर्दा ४८८ जनामा संक्रमण पुष्टि भएको हो ।
तीमध्ये पीसीआर विधिबाट परीक्षण गर्दा २५७ र एन्टीजेन विधिबाट परीक्षण गर्दा २३१ जनामा संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालमा १९९ र महाकाली अस्पतालमा ५८ जना पीसीआर विधिबाट गरिएको परीक्षणमा संक्रमण देखिएको हो । एन्टीजेन विधिबाट गरिएको परीक्षणमा कञ्चनपुरका १२२, कैलालीका ६०, डडेल्धुराका १२, बझाङका ९, बाजुराका ९, अछामका ९, डोटीका ५ र बैतडीका ५ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा प्रदेशभर २१ जना संक्रमणमुक्त भएका छन् ।
संक्रमण पुष्टि भएका ४८८ जनामध्ये भारतबाट फर्किएका १०१ जना रहेको बताइएको छ । गौरीफन्टा नाकामा ५०, गड्डाचौकी नाकामा ४६ र झुलाघाट नाकामा ५ गरी १०१ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
यसअघि सोमवार सुदूरपश्चिममा ३४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा १२ संक्रमणमुक्त भएका थिए । सुदूरपश्चिममा संक्रमणका कारण हालसम्म ६१६ जनाको ज्यान गइसकेको छ ।