
पछिल्लो १ हप्तामा नेपालमा ३८ हजारभन्दा बढी व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो १ हप्तामा ३८ हजार ३०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
सबैभन्दा बढी मंगलवार १० हजार २५८ जना नयाँ संक्रमित थपिएका हुन् । दैनिक संक्रमित बढिरहेका छन् ।
नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएसँगै दैनिक संक्रमित हुनेको संख्या पनि बढिरहेको छ ।
पछिल्लो १ हप्ताको तथ्यांकअनुसार पुस २८ गते ३ हजार ७५, पुस २९ गते ३ हजार ५५३, पुस ३० गते ५ हजार ८७, माघ १ गते ४ हजार ६३६, माघ २ गते ४ हजार ९६१, माघ ३ गते ६ हजार ७३४ संक्रमण थपिएका हुन् ।
१ हप्ताको बीचमा सक्रिय संक्रमित हुने संख्या पनि बढेको छ । पुुुस २८ गते ११ हजार ६९० सक्रिय संक्रमित रहेकोमा यो संख्या बढेर मंगलवार ३९ हजार ४४ पुगेको छ ।
पुस २८ गते कूल परीक्षण गराएकामध्ये २३.६ प्रतिशतमा संक्रमण पुष्टि भएको थियो भने मंगलवार ४४.९ प्रतिशतमा संक्रमण पुष्टि भएको छ ।