२५ असार २०८३, बिहीबार

कस्तो रहला आज दिनभरको मौसम ?

कस्तो रहला आज दिनभरको मौसम ?

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बुधबार बिहान प्रदेश नं १ र प्रदेश नं २ लगायत पहाडी भूभागहरुमा आंशिक बदलीको अवस्था रहेको छ । तराईका धेरै स्थानहरुमा हुस्सु तथा कुहिरो लागि रहेको छ।

यस्तै दिउँसो सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशलगायत अन्य प्रदेशहरुको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहने छ भने बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ।

यस्तै राति पहाडी भूभाग लगायत लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाको भनाइ छ । यस्तै सुदूर पश्चिम प्रदेश , कर्णाली प्रदेश लगायत पहाडी भूभागका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्