३१ असार २०८३, बुधबार

सङ्क्रमण मुक्त भएपछि मात्र काममा फर्किन निर्देशन

माघ ५, २०७८
सङ्क्रमण मुक्त भएपछि मात्र काममा फर्किन निर्देशन

काठमाडौँ उपत्यकाको तीनवटै जिल्ला प्रशासन कार्यालयले सरकारी तथा गैरसरकारी सेवामा कार्यरत व्यक्ति तथा कर्मचारीलाई कोभिड–१९ को लक्षण देखिएको पाँच दिन अनिवार्य क्वारेन्टाइनमा बस्न र नेगेटिभ रिपोर्ट नआएसम्म काममा नफर्किन निर्देशन दिएको छ ।

ती कार्यालयबाट मङ्गलबार जारी छुट्टाछुट्टै आदेशमा सो निर्देशन दिइएको हो । सिनेमा हल, डिस्को–डान्स, दोहोरी, नाइट क्लब, हेल्थ क्लब, मसाज, स्पा, फुटसल र हाटबजार माघ १५ गतेसम्मका लागि बन्द गरिएका छन् ।

सार्वजनिक यातायातका सवारी साधनमा सिट क्षमताभन्दा बढी यात्रु नराख्न र मास्क नलगाएका यात्रुलाई निषेध गर्न निर्देशन दिएको छ ।

चालक र सहचालकलाई पाँच रुपियाँ शुल्क लिई यात्रुलाई मास्क बिक्री गर्न सक्ने सुविधा प्रदान गरिएको छ ।

सार्वजनिक यातायातको ढोकामै सेनिटाइजर राख्न र सवारी साधन दैनिक रूपमा निःसङ्क्रमित गर्न तथा लामो दूरीका सवारी साधनलाई बीच बाटोमा यात्रु नचढाउन आदेश दिइएको काठमाडौँका निमित्त प्रमुख जिल्ला अधिकारी सुप्रभा खनालले बताए । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्