जेठ ६, २०७९
युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले बिहीवार राष्ट्रको नाममा सम्बोधन गर्दै रुसविरुद्ध नरसंहारको आरोप लगाएका छन् । रुसले जतिसक्दो धेरै युक्रेनीहरूलाई मार्नका लागि प्रयास गरिरहेको उनले बताए । ...
काठमाडाैं | माघ ५, २०७८
अमेरिकाका विभिन्न एयरलाइन्स कम्पनीका शीर्ष कार्यकारीहरूले ५जी सेवा शुरू गरिएमा हवाई क्षेत्रमा संकट आउने चेतावनी दिएका छन् ।
एटी यान्ड टी र भेरिजोन नामक कम्पनीहरूले ५जी सेवालाई सक्रिय बनाएका छन् ।
रोयटर्स समाचार संस्थाले पाएको पत्रमा विभिन्न यात्रुवाहक र मालवाहक एयरलाइन्सहरूले ५जी सेल टावरबाट आउने सिग्नलहरूले विमानको उडान र सुरक्षा उपकरणमा हस्तक्षेप गर्ने चेतावनी दिएका छन् ।
अमेरिकाको नागरिक उड्डयन विभागले ५जीका कारण विमानका संवेदनशील उपकरणलाई असर पार्ने र व्यापक बाधाअवरोध गर्ने चेतावनी पहिल्यै दिएको थियो । विशेषगरी खराब मौसममा भिजिबिलिटी कम भएको बेलामा यसले खतरा गराउँछ ।
पत्रमा उल्लेख भएअनुसार, खराब भिजिबिलिटीको दिन ११ सयभन्दा बढी उडान र एक लाख यात्रु ५जी सिग्नलले ल्याउने हस्तक्षेपका कारण उडान रद्दको समस्या भोग्नेछन् ।
देशको सबभन्दा व्यस्त विमानस्थलको दुई माइल क्षेत्रमा एटी यान्ड टी र भेरिजोनले ५जी टावर एक्टिभेट गराउन नहुने एयरलाइन्सका कार्यकारीहरूले बताएका छन् ।
यसैबीच अमेरिकाका विमानस्थलमा ५जी सेवा शुरू गरिएपछि भारतीय उडानहरू पनि प्रभावित भएका छन् । एयर इन्डियाले अमेरिका जाने उडानहरू रद्द गरेको छ ।
विमानको इन्जिन र ब्रेकिङ सिस्टम अवतरण गराउने क्रममा ५जीले अवरोध गर्ने एयरलाइन्स कम्पनीहरूको भनाइ छ । देशभरि ५जी लगाए पनि विमानस्थल नजिक चाहिँ यसलाई लागू गर्न नहुने उनीहरूको भनाइ छ ।
युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले बिहीवार राष्ट्रको नाममा सम्बोधन गर्दै रुसविरुद्ध नरसंहारको आरोप लगाएका छन् । रुसले जतिसक्दो धेरै युक्रेनीहरूलाई मार्नका लागि प्रयास गरिरहेको उनले बताए । ...
चिनियाँ जनमुक्ति सेनाको सियानस्थित रकेट फोर्स विश्वविद्यालयले चलायमान साना लक्ष्यहरूलाई समेत सटीक निशाना लगाउने नयाँ हाइपरसोनिक हतियारको प्रारूप तयार पारेको छ । उक्त हतियार विकसित गर्ने टोलीका नेता ...
रुसका सेनाप्रमुख भ्यालरी गेरासिमोभ र अमेरिकाका जोयन्ट चीफ्स अफ स्टाफ मार्क मिल्लीबीच बिहीवार फोनवार्ता भएको छ । यी दुई अधिकारीले पारस्परिक हितका अनेकौं विषयमा कुराकानी गरेको रुसको रक्षा मन्त्रालयले वि...
रुसले युक्रेनविरुद्ध गत फेब्रुअरी २४ मा सैन्य कारवाही चलाएपछि अमेरिकाले युक्रेनलाई विभिन्न किसिमका सरसहायता उपलब्ध गराउँदै आएको छ । हातहतियार, गोलीगट्ठा र गुप्तचर सूचना युक्रेनमा लगातार आइरहेका छन् । ...
रुस र चीनमा विद्युतीय सामग्री उत्पादक कम्पनी ड्यानीले चिनियाँ चाओसिन प्रोसेसरमा काम गर्ने मदरबोर्ड बनाएको छ । यस बोर्डलाई एमबीएक्स–जेड६०ए नाम दिइएको छ । ड्यानीले यस्ता किसिमका मदरबोर्डहर...
अमेरिकाको बाइडन प्रशासनले युक्रेनलाई अत्याधुनिक एन्टी–शिप मिसाइल (जहाज ध्वस्त पार्ने क्षेप्यास्त्र) पठाउने भएको छ । कृष्ण सागरका तटहरूमा रुसी जलसेनाले गरेको नाकाबन्दी भत्काउनका लागि अमेरिकाले यो स...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...