
पछिल्लो २४ घण्टामा ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३ हजार ४०९ नमूना परीक्षणमध्ये ९५०२ पीसीआर र १८५० जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
यो संख्या अहिलेसम्मकै धेरै हो ।
यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट चार जनाको मृत्यु भएको छ ।