०५ साउन २०८३, मंगलबार

सिटामोल लगायतका औषधीको अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन

सिटामोल लगायतका औषधीको अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले बजारमा सिटामोल लगायतका औषधीको अभाव भएको जानकारी आएको भन्दै त्यस्तो अभाव तत्काल अन्त्य गर्ने गृह मन्त्री र मुख्यसचिवलाई निर्देशन दिएका छन् । आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा गृह मन्त्री बालकृष्ण खाँड र मुख्यसचिव शंकरदास बैरागीलाई बोलाएर औषधी अभावका विषयमा के भएको अध्ययन गरेर तत्काल औषधी उपलव्ध गराउने प्रवन्ध गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यस लगत्तै गृहमन्त्री र मुख्यसचिवले स्वास्थ्य मन्त्रालय, औषधी व्यवस्था विभाग लगायत औषधी उत्पादक कम्पनीहरूसँग पनि परामर्श गरेका थिए ।

औषधीको अभाव नहुनेगरी अघि बढ्न औषधी उत्पादकहरु तयार भएका छन् । यदि कसैले औषधीको कृत्रिम अभाव सृजना गरेको पाएका तत्काल कारवाही गर्नेगरी निर्देशन दिइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्