×

Nic Asia
Marvel

युवा उद्यमीहरुले यती एअरलाइन्समा सहुलियत पाउने

काठमाडाैं | माघ ५, २०७८

NTC
TVS INSIDE

निजी क्षेत्रको अग्रणी हवाई संस्था यती एयरलाइन्स र नेपाली युवा उद्यमी मञ्चबीच व्यवसायिक सहकार्य भएको छ । सम्झौतासँगै यती एयरलाइन्स अबदेखि मञ्चको आधिकारिक एयरलाइन्स बनेको छ । 

IME BANK INNEWS
morang Auto yamaha

यती एयरलाइन्सको कार्यालयमा शुक्रबार आयोजित सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अनोज रिमाल र नेपाली युवा उद्यमी मञ्चका अध्यक्ष उदिप श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे।


Advertisment
NMB BANK
Saurya island

मञ्चमा आवद्ध सदस्य उद्यमीहरुले यती एयरलाइन्सको जहाजमार्फत आवतजावत गर्दा सहुलियत पाउनेछन् ।

युवा उद्यमीका विभिन्न प्रदेशमा हुने तालिम, सभा, सम्मेलन, गोष्ठी तथा कार्यक्रमहरुमा यात्रा गर्दा यती मोबाइल एप अथवा सदस्य कार्ड मार्फत् यती एयरलाइन्सको गन्तव्यहरुमा सहुलियत प्राप्त गर्न सक्ने, यती स्काई–क्लब कार्यक्रममा सहकार्य गर्ने लगायत विषयमा सम्झौता भएको छ । 

Vianet communication
Maruti inside

कार्यक्रममा यती एयरलाइन्सका सीईओ रिमालले समृद्ध मुलुक निर्माणमा युवाहरुको महत्वपूर्ण भूमिका रहेको बताउँदै नेपालका युवा उद्यमीलाई अगाडि बढाउन यती एयरलाइन्स सधैं सहकार्य गर्न तयार रहेको बताए । भविष्यका दिनमा पनि युवा उद्यमीहरुलाई लक्षित गरी थप सहकार्य गर्दै जाने उनको भनाई थियो । 

नेपाली युवा उद्यमी मञ्चका अध्यक्ष श्रेष्ठले युवाहरुलाई उद्यमको क्षेत्रमा अगाडि बढाउन यस्ता किसिमका सहकार्यले सहयोग हुने र देशभरका युवाहरुलाई जोड्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । सन् २००३ मा स्थापित नेपाली युवा उद्यमी मञ्चमा हाल देशभर ७०० भन्दा बढी सक्रिय युवा उद्यमीहरु आबद्ध रहेका छन् ।
 

NLIC
TATA Below
बैशाख ३०, २०७९

लोकतन्त्रको अत्युत्तम अभ्यास गर्ने प्रक्रियाको रूपमा रहेको निर्वाचनमा समाजमा सबै वर्ग तथा क्षेत्रले सक्रिय सहभागिता जनाएका छन् ।  देशभर आज स्थानीय तहको निर्वाचन भएको हो ।  निर्वाचनमा सक्रिय सहभागिता ...

बैशाख २८, २०७९

आर्थिक वर्ष २०७८/७९ को नौ महिनामा कुल वस्तु  निर्यात ६९.४ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले बुधवार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०७८/७९ को देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार चाल...

बैशाख २७, २०७९

सरकारले समयमै काम पूरा नगर्ने विभिन्न ७ निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ । विभिन्न सरकारी निकायहरूको सिफारिसमा ती कम्पनीहरूलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलवार कालोसूचीमा राखेको ...

जेठ ३, २०७९

आगामी आर्थिक वर्ष २०७९/८० को बजेट उत्पादन बढाउनमा केन्द्रित हुने गरी आउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले खेतीयोग्य जमिन बाँझो राखेर युवापुस्ता विदेशिने अवस्था हटाउने गरी बजेट ल्याइने बताएका छन् । यस...

बैशाख २९, २०७९

हरेक पटक हुने चुनावमा अनौपचारिक अर्थतन्त्र फस्टाउने गर्छ । चुनावका बेला राजनीतिक दलले बोरामा थुपारेर राखेको पैसा निकाल्ने समय भन्ने पनि गरिन्छ । त्यसो हुँदा राजनीतिक दलले चुनावी माहोल सिर्जन गर्न गाउँगाउँस...

बैशाख २९, २०७९

एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकाल विश्व प्रविधि जगतका सय चेञ्जमेकरको सूचीमा परेका छन् ।  ढकाल ग्लोबल टेक चेञ्जरहरूको ‘रेष्ट अर्फ वर्ल्ड’को सय जनाको सूचीमा पर्न सफल भएका हुन् ।  विश्...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

नेता मात्र खराब कि हामी पनि ?

नेता मात्र खराब कि हामी पनि ?

बैशाख १८, २०७९

‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...

ad
x