२२ जेठ २०८३, शुक्रबार

शुक्रबार बिहान ५ः५५ सम्मको अपडेटः एमाले-कांग्रेसबीच कडा टक्कर, कसको कति तहमा अग्रता ?

कात्तिक २०, २०७४
शुक्रबार बिहान ५ः५५ सम्मको अपडेटः एमाले-कांग्रेसबीच कडा टक्कर, कसको कति तहमा अग्रता ?


काठमाडौं, १६ असार— दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणना शुक्रबार पनि जारी छ । ताजा अवस्थामा तीन स्थानीय तहको नतिजा आएको छ । जसमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले १—१ स्थानमा जित हाँसिल गरेका छन् ।Major-party-Vote-Count
बझाङको काडा गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका राजेन्द्र धामीले ३९४ र उपाध्यक्षमा काँग्रेसकै कल्पना बोहरा ३९४ मतसहित विजयी भएका छन् ।

यसैगरी सोहि जिल्लाको मस्टा गाउँपालिकाको अध्यक्षमा एमालेका कर्णबहादुर कडायत दुई हजार १४२ र उपाध्यक्षमा भगवतीकुमारी बोहराले दुई हजार १८० मत ल्याई विजयी भएका छन् ।

यस्तै सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार डम्बर बहादुर बस्नेत अध्यक्षमा विजयी भएका हुन् । यस्तै उपाध्यक्षमा माओवादीकै प्रमिला बस्नेत विजयी भएकी छिन्।

लोकान्तर समाचार कक्षमा प्राप्त जानकारी अनुसार अहिलेसम्म एमालेले १०३ स्थानमा अग्रता लिएको छ भने नेपाली कांग्रेस १०० स्थानमा अग्रता लिँदै एमालेलाई पछ्याउँदैछ । यस्तै नेकपा माओवादी केन्द्रले २९ स्थानमा अग्रता लिँदा संघीय समाजवादी फोरमले २ र लोकतान्त्रिक फोरमले ३ स्थानमा अग्रता लिएको छ । यस्तै अन्य दलले १० स्थानमा अग्रता बनाएका छन् ।

पहिलो चरणको निर्वाचनमा एमालेले १२५ सिट जित्दै पहिलो स्थानमा बनाउँदा दोस्रो चरणको निर्वाचनमा पनि सोहि लय त पछ्याएको छ तर कांग्रेससँग निकै टक्कर देखिएको छ ।

बुधबार प्रदेश नम्बर १,५ र ७ का ३३४ स्थानीय तहमा निर्वाचन सम्पन्न भएको थियो । निर्वाचन आयोगले एक साताभित्र सबै मतगणना सक्ने लक्ष्य लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्