०६ असार २०८३, शनिबार

अधिकांश स्थानमा मतगणना सुरु, किन भएन २७ स्थानको मतगणना ?

कात्तिक २०, २०७४
अधिकांश स्थानमा मतगणना सुरु,  किन भएन २७ स्थानको मतगणना ?

काठमाडौँ, १६ असार - स्थानीय तह दोस्रो चरणको निर्वाचनअन्तर्गत नेपाली काँग्रेस र नेकपा एमालेले बझाङबाट विजयी यात्रा सुरु गरेका छन् । पहिलो मत परिणामका रूपमा काँग्रेसले बझाङको काँडा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा विजय हासिल गरेको छ ।Major-party-Vote-Count
अध्यक्षमा काँग्रेसका राजेन्द्र बोहोरा र उपाध्यक्षमा काँग्रेसकै कल्पना बोहोरा विजयी भएका छन् । सोलुखुम्बुको लिखुबिके गाउँपालिकाको अध्यक्षमा नेकपाा माओवादी केन्द्रका डम्बरबहादुर बस्नेत र उपाध्यक्षमा केन्द्रकै प्रमिला बस्नेत विजयी भएका छन् । यस्तै, एमालेले पनि बझाङबाट खाता खोलेको छ । मस्टा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी भएको हो । अध्यक्षमा एमालेका कर्णबहादुर कठायत र उपाध्यक्षमा भगवती बोहोरा विजयी भएका हुन् ।
निर्वाचन आयोगका अनुसार बिहीबार राति ११ बजेसम्म ३०७ स्थानीय तहको मतगणना सुरु भएको छ । ३३४ मध्ये अन्य २७ स्थानको मतगणना भने सुरु भएको छैन । उच्च पहाडी र हिमाली जिल्लाबाट मतपेटिका सङ्कलन भइरहेका कारण मतगणना सुरु नभएको आयोग प्रवक्ता सूर्यप्रसाद शर्माले बताए, गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्