०१ असार २०८३, सोमबार

बझाङका दुई केन्द्रमा आज मतदान

कात्तिक २०, २०७४
बझाङका दुई केन्द्रमा आज मतदान

धनगढी, १६ असार - बझाङको जयपृथ्वी नगरपालिका वडा नं. ३ को दुई केन्द्रमा शुक्रबार मतदान हुने भएको छ ।
काँग्रेस र एमालेका कार्यकर्ताबीच बुधबार मतदानका क्रममा झडप भएपछि मतदान स्थगित गरिएको थियो । निर्वाचन आयोग बझाङका प्रमुख निर्वाचन अधिकृत पूर्णप्रसाद बाँस्तोलाकाअनुसार मतदान प्रक्रिया अवरुद्ध भएपछि शुक्रबार बिहान ७ देखि ५ बजेसम्म सो केन्द्रमा पुनः मतदान गर्ने निर्णय भएको हो ।
वडा नं. ३ को बुथ नम्बर (क) र (ख) मा स्थगित मतदान शुक्रबार हुने सहमति भएको बाँस्तोलाले बटा । दुई प्रमुख दलका कार्यकर्ताबीच विवाद भएपछि पुनः मतदान गराउने विषयमा सर्वदलीय बैठक बसेको थियो । सोही बैठकले पुनः मतदान गराउने निर्णय गरेको बाँस्तोलाले बताएको खबर गोरखापत्रमा छ |

salt training

कमेन्ट गर्नुहोस्