२३ असार २०८३, मंगलबार

नेपालमा अझै केही दिन मौसम बदली रहने

नेपालमा अझै केही दिन मौसम बदली रहने
प्रतिकात्मक तस्वीर

नेपालमा फेरि अर्को न्यून चापीय प्रणालीको प्रभाव पर्ने भएको छ । 

मौसमी प्रणालीको कारण अझै केही दिन मौसम बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले शुक्रवार एक बुलेटिन निकालेर नेपालमा रहेको पश्चिमी न्यून चापीय प्रणाली कमजोर अवस्थामा रहेको र शनिवार बिहानदेखि पश्चिम नेपालबाट प्रवेश गर्न लागेको अर्को पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पश्चिमबाट शनिवार, आइतवार र सोमवार क्रमशः नेपालभर प्रभाव पार्ने सम्भावना रहेको औंल्याएको छ । 

उक्त प्रणालीको प्रभावले देशको सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने बताइएको छ । 

हाल देशभर आंशिकदेखि सामान्य बदली भई बागमती तथा १ नम्बर प्रदेशका थोरै स्थानमा हल्का वर्षा/हिमपात भइरहेको छ ।

शनिवार देशका पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रही तराईका भूभागमा आंशिकदेखि सामान्यतया बदली भई देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहनुका साथै सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका १/२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्