०९ साउन २०८३, शनिबार

भरतपुर अस्पतालमा कुरुवालाई पास अनिवार्य

भरतपुर अस्पतालमा कुरुवालाई पास अनिवार्य

कोरोना संक्रमण बढेसँगै भरतपुर अस्पतालमा बिरामीका कुरुवालाई पास अनिवार्य गरिएको छ ।

१ बिरामीसँग १ जना मात्रै हुने गरी पास अनिवार्य गरिएको हो । 

अस्पतालले यसअघि पनि पासको व्यवस्था गरेको भए पनि कार्यान्वयनमा आउन सकेको थिएन । १ बिरामीका लागि धेरै कुरुवा र भेट्ने मानिसको भिड लाग्ने भएपछि संक्रमण फैलिनसक्ने भन्दै पासलाई कडाइ गरिएको हो । 

अस्पताल प्रशासनले शुक्रवार सूचना जारी गर्दै १ बिरामीका लागि १ मात्रै कुरुवा राख्नुपर्ने साविकको नियमलाई पालना गर्नका लागि पासको व्यवस्था गरिएको जनाएको छ ।

विना पासका व्यक्तिलाई अस्पतालको अन्तरङ्ग विभागमा प्रवेश गर्न रोक लगाइएको छ । 

यस्तै बिरामीका कुरुवाले पनि जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न अस्पतालले आग्रह गरेको छ । अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिडबाट संक्रमित भइरहेको जनाउँदै अस्पताल प्रशासनले अस्पतालको सेवा प्रवाहमा समेत कठिनाइ भएको जनाएको छ ।

पछि उपचार गरेर हुने बिरामीलाई उपचार समय पछाडि सार्न समेत आग्रह गरिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्