२४ असार २०८३, बुधबार

उपत्यकामा यी क्षेत्र अर्को आदेश नआएसम्मका लागि बन्द

उपत्यकामा यी क्षेत्र अर्को आदेश नआएसम्मका लागि बन्द

काठमाडौं उपत्यकामा सञ्चालित सिनेमा हल, डान्सबार, दोहारी, नाचघर, क्यासिनो अर्को आदेश नभएसम्मका लागि बन्द भएका छन् । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको निर्णयानुसार आजदेखि क्लब, हेल्थ क्लब, जिमखाना, रंगशाला, संग्रहालय, पुस्तकालय, चिडियाखाना, कभर्ड हल, स्वीमिङ पुल, फुटसल पनि बन्द भएका छन् ।
यस्तै सबै प्रकारका आमसभा, जुलुस, सभा, सम्मेलन, हाटबजार, महोत्सव, जात्रा आदिमा पनि रोक लगाइएको छ । यस्तै विश्वविद्यालय, विद्यालय, शिक्षालय पनि बन्द भएका छन् भने अनलाइनमार्फत पठन पाठन गर्न पाइनेछ ।

salt training

कमेन्ट गर्नुहोस्