०१ असार २०८३, सोमबार

भारतबाट नेपाल फर्किने अधिकांश संक्रमित

माघ ८, २०७८
भारतबाट नेपाल फर्किने अधिकांश संक्रमित

पश्चिमी सीमा  नाका  झुलाघाट  नाकाबाट स्वदेश फर्किने  अधिकांशमा कोरोना  पुष्टि  हुन  थालेको  छ। झुलाघाट नाकाबाट स्वदेश फर्किने सुदूरपश्चिमका   बैतडी,   बझाङ, बाजुरालगायतका जिल्लाका संक्रमितलाई  स्वास्थ्य  कार्यालय बैतडीको   एम्बुलेन्सले   ओसार्नुपर्ने बाध्यता सिर्जना भएको छ।
 “सीमा नाकामा होल्डिङ सेन्टर नहुँदा संक्रमण पुष्टि भएकालाई कहाँ राख्ने  ?  स्थानीय  तहका  एम्बुलेन्स लिन आउँदैनन्”, स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले भने,  “संक्रमितलाई  अलपत्र छोड्नु भएन। स्वास्थ्य कार्यालयमा रहेको एउटा एम्बुलेन्सले बैतडीदेखि बझाङसम्मका  संक्रमित  ओसार्नु परेको छ।” बैतडीकै स्थानीय तहमा भएका एम्बुलेन्स पनि आफ्नो पालिकाका नागरिकलाई लिन सीमा नाकासम्म नआउँदा  सम्बन्धित पालिकासम्म पुर्याउनु परेको उनको भनाइ छ । गोरखापत्रमा खबर छ।  

salt training

कमेन्ट गर्नुहोस्