०४ असार २०८३, बिहीबार

ओभरलोड बोक्ने ९७ टिप्परलाई कारबाही

ओभरलोड बोक्ने ९७ टिप्परलाई कारबाही

मकवानपुरका विभिन्न स्थानबाट तोकिएकोभन्दा बढी वजन/ओभरलोड बोक्ने ९७ टिप्परलाई प्रहरीले कारबाही गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पूर्वपश्चिम राजमार्गमा गरेको प्रहरी चेकमा ओभरलोड बोक्ने टिप्परलाई कारबाही गरिएको  हो  । 

जिल्ला प्रहरी कार्यालय मकवानपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका–११ स्थित पूर्वपश्चिम लोकमार्ग र हेटौंडा–१ स्थित तिर्तिरेधारा क्षेत्रमा प्रहरीको टोली चेकजाँच गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्