३२ असार २०८३, बिहीबार

मन्त्री यादवविरुद्ध कारवाही नभएपछि कांग्रेस उपसभापति गुरुङले भने- अति गरे खती हुन्छ

मन्त्री यादवविरुद्ध कारवाही नभएपछि कांग्रेस उपसभापति गुरुङले भने- अति गरे खती हुन्छ
फाइल तस्वीर।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको हिंसा भड्काउने अभिव्यक्तिविरुद्ध कुनै कारबाही नभएको भन्दै कांग्रेसका नेताहरूले पनि आपत्ति जनाउन थालेका छन् । 

शनिवार बिहान कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले मन्त्री यादवलाई प्रधानमन्त्री शेरबहादुर देउवाले पदमुक्त गर्नुपर्ने सुझाव दिएका थिए । 

अहिले कांग्रेस उपसभापति धनराज गुरुङले पनि मन्त्री यादवको अभिव्यक्तिमा कुनै कारबाही नभएपछि ‘अति गरे खती’ हुने उल्लेख गरेका छन् । 

‘मन्त्री जस्तो जिम्मेवार पदमा बसेर हिंसा भड्काउने गैरजिम्मेवार अभिव्यक्ति दिएको यतिका दिनसम्म पनि न मन्त्री स्वयंले सार्वजनिक रुपमा माफी मागेको सुनियो, न सम्बन्धित दलले कारबाही गरेको सुनियो, न त प्रधानमन्त्रीले बर्खास्त गरेको सुनियो ! अति गरे खती हुन्छ भन्छन् है,’ ट्वीटरमा उनले लेखेका छन् । 

मन्त्री यादवले रौतहटको गौरमा आयोजित राजनीतिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा व्यक्ति हत्या र सामाजिक हिंसा फैलाउने अभिव्यक्ति दिएकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्