२७ जेठ २०८३, बुधबार

गुल्मीका ६ ठाउँमा एमाले अघि, गोकर्ण विष्टको गाउँमा चाहिँ कांग्रेसको अग्रता

कात्तिक २०, २०७४
गुल्मीका ६ ठाउँमा एमाले अघि, गोकर्ण विष्टको गाउँमा चाहिँ कांग्रेसको अग्रता

गुल्मी, १६ असार — गुल्मीको सुरुवाती चुनावी मत परिणाम अनुसार नेकपा एमालेले अग्रता कायम गरेको छ । गुल्मीका १२ स्थानीय तह मध्ये ११ वटामा अहिले मतगणना चलिरहेको छ ।

पछिल्लो जानकारी अनुसार ११ स्थान मध्ये एमालेले ६ स्थनामा अग्रता कायम गरेको छ भने कांग्रेसले ४ स्थानमा अग्रता कायम गरेको छ । कांग्रेस — माओवादी गठबन्धन माओवादीले एक ठाउँमा अग्रता कायम गरेको छ ।

गुल्मी दरवार गाउँपालिकामा नेपाली कांग्रेसले एक हजार मतले अग्रता कायम गरेको छ । साविकको चारपाला लगायतका गाविसहरु रहेको उक्त गाउँपालिकाका कांग्रेसी गढको रुपमा चिनिन्छ ।

छत्रकोट गाउँपालिकामा एमाले अघि लागेको छ । एमाले २ सय २६ मतले अघि लागेको हो ।

रुरु गाउँपालिकामा कांग्रेस माओवादी गठबन्धनलाई पछि पार्दै एमाले अघि लागेको छ । रुरु एमाले नेता प्रदीप ज्ञवालीको क्षेत्र हो । यो क्षेत्रलाई एमालेको गढ मानिन्छ । झण्डै एक हजारको अग्रताका साथ एमाले अघि बढेको छ ।

चन्द्रकोट गाउँपालिकामा ४ सय मतले कांग्रेसले लिड गरेको छ । सत्यवती गाउँपालिकामा २०८ मतले एमालेले लिड गरेको छ ।

ईश्मामा झण्डै एक सय मतले कांग्रेस अघि लागेको छ ।
ईश्मा गाउँपालिका एमाले सचिव गोकर्ण विष्टको गाउँपालिका हो । यो क्षेत्रमा एमालेको मत बढि रहेको मानिन्छ । तर सुरुवाती अग्रतामा चाहिँ कांग्रेसले बाजी मारिरहेको छ ।

मालिका गाउँपालिकामा एक सय ५० मतले एमाले अघि लागेको छ । यहाँ पनि एमाले बलियो मानिन्छ ।
रेसुंगा नगरपालिकामा ४ सय बढी भोटले कांग्रेस अघि लागेको छ । यो कांग्रेसको गढ मानिन्छ । ६ वटा वडामा कांग्रेसले पुरै प्यान जितिसकेको छ ।

मुसिकोट नगरपालिकामा एमाले अघि लागेको छ । एमालेले २ सय ४० मतले अग्रता कायम गरेको हो ।
धुर्कोट गाउँपालिकामा ४ सय १५ मतले माओवादी उम्मेदवार अघि लागेका छन् । उनी कांग्रेस माओवादी गठबन्धनबाट उठेका हुन् ।

कालिगण्डकी गाउँपालिकामा एमालेले ६० मतको अग्रता कायम गरेको छ । यहाँको चुनावी भिडन्त चाहिँ निकै रोचक छ । गुल्मीको मदाने गाउँपालिकामा चाहिँ अहिले सम्म पनि मतगणना सुरु भएको छैन ।

एमाले कार्यकर्ताहरुले विवादका क्रममा कांग्रेस प्रतिनिधीलाई खुकुरी प्रहार गरेपछि विवाद सिर्जना भएको हो । सोही विवादले मदानेमा मत गनिएको छैन ।

salt training

कमेन्ट गर्नुहोस्