
जर्मनीको उदारवादी समूह, क्रिश्चियन डेमोक्र््याटिम यूनियन (सीडीयू)ले शनिबार पूर्व चान्सलर एन्जेला मर्केलका कटुआलोचक फ्रेडरिक मर्जलाई भारी बहुमत दिएर नयाँ नेता निर्वाचित गरेको छ ।
मर्केलले १६ वर्षसम्म जर्मनीको चान्सलर भई सोसल डेमोक्र््याट्स समूहको नेतृत्व गरी सन् २०२१ मा नेतृत्वबाट विदा लिएकी थिइन् । जर्मनीको ग्रीन्स पार्टी र फ्रि डेमोक्र्याट्ससँग तीनतर्फी गठबन्धनको नेतृत्वमा सोसल डेमोक्र््याट्स समूहबाट ओलाफ सोल्ज मर्केलको उत्तराधिकारी भएका छन् ।
हालैका वर्षहरूमा मर्केलको नेतृत्वलाई दुई पटक अस्वीकार गरेपछि चुनावी हारले क्रिश्चियन डेमोक्रेटिक युनियन (सीडीयू) लाई पुनः एकिकरण गरी उत्तराधिकारीका रूपमा ६६ वर्षीय मर्जलाई नेतृत्वमा ल्याएको हो ।