३२ असार २०८३, बिहीबार

रियालिटी शो लिटिल च्याम्सबाट घिसिङ बाहिरिइन्, यी हुन् टप–५ फाइनालिस्ट

रियालिटी शो लिटिल च्याम्सबाट घिसिङ बाहिरिइन्, यी हुन् टप–५ फाइनालिस्ट

रियालिटी शो लिटिल च्याम्स नेपालले टप–५ फाइनालिस्ट पाएको छ । शनिबार राति प्रशारण भएको एपिसोडबाट ५ फाइनालिस्ट चयन भएको हो । सबैभन्दा बढी भोट पाएको आधारमा रोशा फुयाँल, अभिज्ञा घिमिरे, अरुण सुनार, आदित्य बिक र कृपा पौडेल अन्तिम ५ मा छानिएका हुन् ।

सबैभन्दा कम भोट पाएको आधारमा दोलखाकी जिग्मे घिसिङ भने बाहिरिएकी छन् । बटम थ्रीमा उनीसहित अरुण सुनार र अभिज्ञा घिमिरे परेकामा दुई जना सुरक्षित बन्न सफल भए भने घिसिङको च्याम्सको यात्रा यहीँ सकियो ।
बालबालिकाको रियालिटी शो लिटिल च्याम्स ग्यालेसी फोकेबाट हरेक शुक्रबार र शनिबार प्रशारण हुने गर्छ ।

salt training

कमेन्ट गर्नुहोस्