१५ असार २०८३, सोमबार

शल्यक्रिया गरेर जन्मिएको शिशु र आमाको मृत्यु

माघ ९, २०७८
शल्यक्रिया गरेर जन्मिएको शिशु र आमाको मृत्यु

 तीन दिन अगाडि अस्पतालको प्रसूति गृहमा शल्यक्रिया गरिएकी सुत्केरी र नवजात शिशुको मृत्यु भएको छ ।

सिमकोट गाउँपालिका–५  की  सलिना  सार्की  र  उनको  एक  दिनको  नवजात  शिशु  (छोरी)को  मृत्यु भएको  हो ।

 शल्यक्रिया  गरिएको  शिशुको  एक  दिनमा  र  सलिनाको  तीन दिनपछि मृत्यु भएको हो ।

स्वास्थ्य सेवा कार्यालयअन्तर्गतको प्रसूति गृहकी इन्चार्ज वरिष्ठ अनमी सरिता  बोहराले  चिकित्सकद्वारा  शल्यक्रिया  गरेर  जन्मिएको  नवजात  शिशु  र आमाको  दुई  दिनको  अन्तरमा  मृत्यु  भएको  बताइन्।

उनले  फोक्सोमा नलीबाट  गएको  रगतको  टुक्राले  श्वास–प्रश्वासमा  अवरोध  पुर्‍याएपछि  मृत्यु भएको हुनसक्ने उल्लेख गरिन्।

मृतकका ससुरा धनसिंह सार्कीले बुहारीलाई सुत्केरी व्यथाले च्यापेर घरमा बच्चा जन्माउन नसकेपछि जिल्ला अस्पताल हुम्लामा लिएर शल्यक्रिया गरेर बच्चा जन्माएको भए पनि आमा र बच्चा दुवै जनाको मृत्यु भएको बताइन्।

शल्यक्रिया गरेको दुई दिनसम्म उहाँको स्वास्थ्यमा उल्लेखनीय सुधार भए पनि शुक्रबार साँझ अचानक स्वास्थ्यमा समस्या देखिएको थियो ।

सलिनाको स्वास्थ्यमा समस्या देखिएको भनेपछि जिल्ला अस्पताल हुम्लाले उद्धारका लागि हेलिकप्टरको व्यवस्था गरेको भए पनि राति भएकाले शनिबार बिहान उद्धारका लागि तयारी रहेको अवस्थामा राति नै मृत्यु भएको जिल्ला अस्पतालले जानकारी दिएको छ ।

एक वर्ष अगाडि जुम्ला माइती भएकी सार्की र सिमकोट गाउँपालिका–५ का धनु कामीबीच भागी विवाह भएको थियो । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्