१० असार २०८३, बुधबार

हात्तीलाई भन्दा ५ गुणा बढी खर्च लाग्छ पान्डा पाल्न, जान्नुहोस् पान्डाबारे १८ रोचक तथ्य

माघ ९, २०७८
हात्तीलाई भन्दा ५ गुणा बढी खर्च लाग्छ पान्डा पाल्न, जान्नुहोस् पान्डाबारे १८ रोचक तथ्य

बाँसमात्र धेरै खाने जनावर भनेर पान्डालाई चिनिन्छ । यसलाई अंग्रेजीमा जायन्ट पान्डा भनिन्छ । 

यो भालु परिवारसँग सम्बन्धित छ । जानौँ जायन्ट पान्डाका बारेमा केही रोचक तथ्यः

–    जंगलमा जायन्ट पान्डाको औसत जीवनकाल १५–२० वर्षको हुन्छ ।

–    होचो कद हुने जायन्ट पान्डा सन् १९६३ मा पहिलोपल्ट चीनको चिडियाखानामा जन्मिएको थियो । 

–    यो जनावरको खुट्टा छोटो हुने भएकाले आफ्नो शरीरको भार दुई खुट्टाले उठाउन सक्दैन ।

–    भालु परिवारको जायन्ट पान्डा तीव्र गतिमा दौडन सक्दैन । तर, यसै परिवारको कालो भालु भने ३५ माइल प्रतिघन्टाको दरले कुद्न सक्छ । 

–    यो पान्डाले राती सुँघेरै मीठो प्रजातिको बाँस कहाँ छ भनेर पत्ता लगाउँछ ।

–    यिनीहरू मज्जाले पौडी खेल्न सक्छन् ।

–    यो जनावर जन्मिएको ७ मपहनामै रूख तथा बाँस चढ्न सक्छन् । 

–    शोधकर्ताका अनुसार यिनीहरू ११ अलग–अलग आवाज निकाल्छन् । जसमध्ये ४ प्रकारका आवाज साथी खोज्न प्रयोग गर्छन् ।

–    यसका ४२ वटा दाँत हुन्छन् । 

–    यसको शरीरमा भएको रौँ हेर्दा नरम र रेशमी देखिन्छ, तर त्यस्तो हुँदैन त्यो धेरै बाक्लो र कडा हुन्छ । 

–    वयस्क जायन्ट पान्डाको रौँ करिब ४ इन्च जति बढ्न सक्छ ।

–    यसको मुख्य भोजन बाँस हो । कलिलो बाँसको मुना भेट्टायो भने यसले लगभग ४० सेकेन्डमै ताछेर खाइसक्छ । 

–    वयस्क जायन्ट पान्डाले एक दिनमा औसत ११ देखि १३ किलो बाँस खान सक्छ । कुनै–कुनै मौसममा त यसले सय किलोसम्म पनि खानसक्छ ।

–    एक वस्यक जायन्ट पान्डाले प्रतिदिन लगभग २८ किलो दिसा गर्छ । 

–    चिडियाघरमा जायन्ट पान्डालाई पाल्न हात्ती पालेभन्दा ५ गुणा बढी खर्च लाग्छ । 

–    चीनमा यो जनावरलाई राष्ट्रिय खजाना तथा शान्तिको प्रतीक मानिन्छ । 

–    यो जनावरलाई लुप्त प्रजातिको सूचीमा राखिएको छ ।

–    वर्तमान अवस्थामा पृथ्वीमा लगभग १९०० वटा जायन्ट पान्डा छन् । सन् २०२५ सम्म यसको संख्या ५ हजार पुर्‍याउने वैज्ञानिकहरूको लक्ष्य छ । अन्नपूर्ण पोस्ट दैनिकमा यो रोचक खबर प्रकाशित छ ।

salt training

कमेन्ट गर्नुहोस्