
कोभिडको तेस्रो भेरियन्टका कारण यातायात कार्यालयबाट प्राप्त हुने सेवा पुनः प्रभावित बन्न थालेका छन् ।
यातायात कार्यालयका कर्मचारीमा नै कोरोना संक्रमण देखिएको भन्दै यातायात कार्यालयहरूले सेवा कटौती शुरू गरेका छन् ।
यातायात व्यवस्था कार्यालय एकान्तकुनाले प्रदान गर्दै आएको सेवाहरूमा कटौती गरेको छ । योसँगै अब एकान्तकुना कार्यालयबाट नवीकरण र ट्रायलबाहेकका सेवा हाललाई बन्द भएको छ ।
यातायात व्यवस्था विभागले कोरोनाको दोस्रो लहर शुरू भएपछि बन्द हुन पुगेको सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स)को परीक्षाका लागि नयाँ आवेदन सात महिनापछि गत कात्तिकमा मात्रै खुला गरेको छ ।
कोभिड १९ को दोस्रो चरणको महामारी फैलिएसँगै गत १६ बैशाखदेखि लाइसेन्सको नयाँ अनलाइन आवेदन बन्द भएको थियो ।
त्यसअघि, कोभिड १९ कारण स्थगित लाइसेन्स परीक्षा भदौ तेसे साता खुलाइएको थियो । राजधानी दैनिकमा खबर छ ।