०२ साउन २०८३, शनिबार

सत्तारुढ दलहरूबीच कुरा नमिल्दा निर्वाचन अन्यौल !

माघ ९, २०७८
सत्तारुढ दलहरूबीच कुरा नमिल्दा निर्वाचन अन्यौल !
फाइल तस्वीर

 पहिले स्थानीय तहको निर्वाचन गर्ने कि प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन भन्ने विषयमा सत्तारुढ दलहरू विभाजित बनेका छन् ।

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका धेरै नेताहरू संवैधानिक व्यवस्थाअनुसार पहिले स्थानीय तहको निर्वाचनको पक्षमा रहेपनि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले यस सम्बन्धमा औपचारिक धारणा सार्वजनिक गरेका छैनन् । 

प्रधानमन्त्री देउवालाई सत्तारुढ दल माओवादी केन्द्र र  नेकपा एकिकृत समाजवादीले स्थानीय तहको निर्वाचन प्रतिनिधि सभाको निर्वाचनपछि गर्ने गरी व्यवस्था मिलाउन दवाब दिँदै आइरहेको स्राृतको दावी छ । राजधानी दैनिकमा महेश्वर गौतमले खबर लेखेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्