०५ साउन २०८३, मंगलबार

निर्वाचन आयोगको निर्णयलाई लिएर राप्रपाको आकस्मिक बैठक

निर्वाचन आयोगको निर्णयलाई लिएर राप्रपाको आकस्मिक बैठक

पार्टीको विधान र झण्डाबारे निर्वाचन आयोगले दिएको निर्देशबारे छलफल गर्न राप्रपाले पदाधिकारीको आकस्मिक बैठक बोलाएको छ ।

विधानबाट हिन्दू राष्ट्र र राजसंस्थासम्बन्धी शब्दावली तथा झण्डाबाट गाई हटाउन निर्वाचन आयोगले दिएको निर्देशनबारे छलफल गर्न आइतवार दिउँसो १ बजेका लागि पदाधिकारी बैठक बोलाइएको राप्रपा केन्द्रीय कार्यालयले जनाएको छ । 

निर्वाचन आयोगले माघ २ गते राप्रपालाई पत्र पठाई विधानबाट राजसंस्थासम्बन्धी व्यवस्था हटाउन निर्देशन दिएको थियो ।

‘सनातन हिन्दू राष्ट र राज संस्थासहितको प्रजातन्त्रको भावना अभिवृद्धि गर्न’ भन्ने वाक्यांश नेपालको संविधानको भावनाविपरीत भएको भन्दै हटाएर सो को जानकारी दिन आयोगले राप्रपालाई पत्र लेखेको थियो । 

आयोगको पत्रबारे नेतृत्व मौन बसेको भन्दै पूर्वअध्यक्ष कमल थापाले आपत्ति जनाएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्