२५ असार २०८३, बिहीबार

टर्की : उखान भनेपछि पक्राउ परिन् पत्रकार !

माघ ९, २०७८
टर्की : उखान भनेपछि पक्राउ परिन् पत्रकार !

टर्कीको एक अदालतले प्रख्यात पत्रकार सेदेफ काबासलाई कारागारमा राखेर पुर्पक्ष चलाउन आदेश दिएको छ ।

इस्तानबुलमा शनिवार पक्राउ परेकी काबासलाई अदालतले पुर्पक्ष चलुन्जेल कारागान चलान गर्न आदेश दिएको हो । 

उनले राष्ट्रपति रेचेप तैयिप एर्दोआनलाई लाइभ टीभीमा उखान भनेर अपमान गरेको आरोप छ । आफूविरुद्धको आरोप उनले खण्डन गरेकी छन् । आरोप प्रमाणित भएमा उनले एकदेखि चार वर्षसम्मको कैद सजाय पाउनेछिन् । 

‘एउटा प्रसिद्ध उखान छ– मुकुट लगाएको शिर अझै बुद्धिमान् हुन्छ । तर त्यो सही नभएको हामी देखिरहेका छौं,’ उनले टेली१ च्यानललाई बताइन् । 

‘दरबारमा पस्दैमा साँढे राजा बन्दैन, बरू दरबार गोठ बन्छ,’ उनले थपिन् । 

पछि उनले ट्विटरमा पनि उक्त भनाइ राखिन् । 

एर्दोआनका प्रमुख प्रवक्ता फाहरेत्तिन अल्तुनले उनको टिप्पणी गैरजिम्मेवार भएको बताए । 

टेली१ च्यानलका सम्पादक मर्दान यानारदागले काबासलाई पक्राउ गरिएकोमा आलोचना गरे । 

‘एउटा उखान भनेको भरमा उनलाई बिहान २ बजे हिरासतमा लिनु अस्वीकार्य छ,’ उनले बताए । ‘पत्रकार, सञ्चारमाध्यम र समाजलाई त्रासमा राख्ने प्रयास हो यो,’ उनले थपे । 

एर्दोआन राष्ट्रपति बनेदेखि पत्रकारहरूमाथि व्यापक दमन गरिरहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्