डडेल्धुरा, १६ असार– प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरा सदरमुकाम रहेको अमरगढी नगरपालिकाको मेयरमा एमाले उम्मेदवार विजयी भएका छन् ।
अमरगढीको मेयरमा एमालेका विशेश्वर प्रसाद (विपिन) ओझा निर्वाचित भएका हुन् । अमगरढीको उपमेयरमा पनि नेकपा एमालेकै संगिता भण्डारी विजयी भएकी छन् ।