२६ जेठ २०८३, मंगलबार

यी व्यक्तिहरू जो भिजिट भिसामा खाडी मुलुक र मलेसिया जान पाउँछन् [सूचीसहित]

यी व्यक्तिहरू जो भिजिट भिसामा खाडी मुलुक र मलेसिया जान पाउँछन् [सूचीसहित]

भिजिट भिसामा खाडी मुलुक र मलेसिया जान रोक लगाएको गृह मन्त्रालयले अब भने केही व्यक्तिहरूको हकमा प्रस्थान अनुमति दिने भएको छ । 

सरकारी निकायका प्रतिनिधि, अन्तर्राष्ट्रिय कारोबार गर्ने बैंकका तथा वित्तीय संस्थाका प्रतिनिधि, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधि भई भ्रमण जानेहरू, नेपालमा सामान आयात–निर्यात गर्ने व्यावसायिक संस्थाका प्रतिनिधिहरूलाई सम्बन्धित कार्यका लागि प्रस्थान अनुमति दिने गृह मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले आइतवार सूचना जारी गर्दै खाडी बाहेक कम्तीमा २ अन्य मुलुकमा पर्यटकको रुपमा भ्रमण गरिसकेका यात्रुहरू, वैदेशिक रोजगार व्यवसायको बजार प्रवद्र्धनका लागि जाने म्यानपावर व्यवसायीहरू, बिरामी कुरुवा (३ पुस्ताभित्र), वार्षिक न्यूनतम ६ लाख रूपैयाँ करयोग्य आय भई कम्तीमा आधा रकम बैंक खातामा बचत भएका र नेपालको कर प्रणालीमा आबद्ध भएका व्यक्तिहरूलाई पनि प्रस्थान अनुमति दिइने जनाएको छ । 

ओभिक्रोन भेरियन्ट संक्रमण स्वदेश तथा विदेशमा तीव्र रुपमा फैलिरहेकाले खाडी मुलुक तथा मलेसिया जानेहरू बिचल्लीमा परेको भन्दै मन्त्रालयले माघ १० गतेदेखि लागू हुने गरेर भिजिट भिसामा भ्रमण जान रोक लगाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्