२५ जेठ २०८३, सोमबार

रुसले युक्रेनमा आफूप्रति बफादार सरकार बनाउन खोजेकोे बेलायतको आरोप

माघ ९, २०७८
रुसले युक्रेनमा आफूप्रति बफादार सरकार बनाउन खोजेकोे बेलायतको आरोप

 रुसले युक्रेनलाई आफु अनुकुलको नेतृत्व ल्याउन खोजेको आरोप बेलायतले लगाएको छ ।

बेलायतको विदेश मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै रुसले युक्रेनमा आफूप्रति बफादार शाषक चाहेको र यसको लागि सम्भावित उम्मेदवार समेत तय गरिसकेको दावी गरेको हो ।

बेलायतका विदेशमन्त्री लिज ट्रसले अस्वभाविक टिप्पणी गर्दै युक्रेनका पूर्व सांसद यभन मुराएभ रुसको सम्भावित उम्मेदवार भएको आरोपसमेत लगाए । मुराएभलाई युक्रेनको सत्तामा ल्याउन रुसले आवश्यक परे सैन्य शक्तिसमेत प्रयोग गर्ने बेलायतले बताएको छ ।

रुसले भने युक्रेनमा हमला गर्ने आफ्नो कुनै योजना नरहेको दोहो¥याउँदै अमेरिकी नेतृत्वको पश्चिमा जगतको आरोपलाई आधारहीन आशङ्काको संज्ञा दिँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्